ह्वाट्सएपबाट अब सजिलै फाइल ट्रान्सफर गर्न सकिने

काठमाडौँ । ह्वाट्सएप प्लेटफर्ममा अब नयाँ फिचर आउँदैछ । यो फिचर आएपछि युजरहरूले सजिलै फाइल ट्रान्सफर गर्न सक्नेछन् । यसले ठ्याक्कै ब्लुटूथले जसरी काम गर्ने बताइएको छ ।

यो फिचर आएपछि युजरहरूले सजिलै ठुला फाइल पनि ट्रान्सफर गर्न सक्नेछन् । कम्पनीले एपमा फाइल ट्रान्सफर फिचर ल्याउँदै छ ।

ह्वाट्सएपको अपकमिङ फिचरहरूलाई ट्र्याक गर्ने वेबसाइट वाबेताइन्फोले यो फिचरको जानकारी दिएको हो । यो फिचर थपिएपछि प्रयोगकर्ताले एपमा आफूसँग जोडिएकाहरूलाई फाइल पठाउन सक्नेछन् ।

उसका लागि एपमा नयाँ अप्सन पिपल नियरबाइको अप्सन हुनेछ । यो फिचर अहिले परीक्षणको चरणमा छ । यो फिचर आएपछि भने एउटा अप्सनमा क्लिक गर्ने बित्तिकै युजरले फाइल शेयर गर्न सक्नेछन् । तर यो फिचर पठाउने व्यक्ति र पाउने व्यक्ति दुवैको फोनमा इनेबल भएको हुनु पर्नेछ ।

प्रतिक्रिया