धोबीनीका अध्यक्ष चौहानले उद्घाटन गरे हाटबजार

पर्सा । पर्साको धोबीनी गाउँपालिका ३ हरिहरपुरमा आजदेखि नयाँ हाटबजार शुरु भएको छ । एक समारोहका बीच गाउँपालिका अध्यक्ष मदनप्रसाद चौहानले उद्घाटन गरेसँगै हरिहरपुरमा रहेको बजरगं चोकमा हाट बजार सुरु भएको हो । सो हाटबजार प्रत्येक शनिबार हरिहरपुरमा लाग्ने आयोजक समितिले जनाएको छ ।

उद्घाटन कार्यक्रममा नेपाली कांग्रेसका नेता श्यामकिसोर पटेल, वडाध्यक्ष राजकिशोर पटेल, नेकपा एमालेका नेता सदाम हुसेन, हरिशंकर पटेल,
अमिका पटेल, पपु पटेल, दुर्गा पटेल इबराहिम मियाँ
बजार समिति अध्यक्ष प्रशान्त गुप्ता, उपाध्यक्ष शान्ति देवी, सचिव पवन पटेल, कोषअध्यक्ष सुजित पटेल, सहसचिव रामाधार पटेल, मिरोज आलम, सदस्य इखतियार मियाँ लगायतको सहभागीता रहेको थियोे ।

प्रतिक्रिया