रुपन्देही व्यापार संघको अध्यक्षमा अधिकारी

काठमाडौं । रुपन्देही व्यापार संघको अध्यक्षमा दीपक अधिकारी निर्वाचित भएका छन् । १२ औँ अधिवेशनबाट अधिकारी अध्यक्ष पदमा निर्वाचित भएका हुन् । अधिकारी ८० मतान्तरले विजयी भएका हुन् ।

संघको प्रथम उपाध्यक्षमा दयानिधि भण्डारी ८८ मतान्तरले विजयी भएका छन् । द्वितीय उपाध्यक्षमा प्रेम पाण्डे विजयी हुँदा कोषाध्यक्षमा मनिराम खनाल, सचिवमा मनोहरि बस्याल, सहसचिवमा प्रकाशराज पौडेल विजयी भए । सह–कोषाध्यक्षमा अर्जुनप्रसाद भट्टराई निर्वाचित भएका छन् ।

वरिष्ठ उपाध्यक्षमा प्रकाश ढकाल र महासचिवमा फर्शुराम पन्त यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन् ।

संघको सदस्यमा केदारनाथ नेपाल, टेकराज पन्थी, बृन्दा भटराई आचार्य, ईश्वरा देवकोटा, अशोक ज्ञवाली, गकुल ज्ञवाली, गोविन्द प्रसाद चापागाईं, घनश्याम भुसाल, जयलाल न्यौपाने, जीवनारायण घिमिरे, जिवलाल पौडेल, शोभाकुमारी जोशी क्षेत्री, नलराज नेपाल, बालकृष्ण बस्याल, माधवप्रसाद ज्ञवाली, रितेश ज्ञवाली र राजु श्रेष्ठ विजयी भएका छन् ।

प्रतिक्रिया