गौशाला नगरपालिकामा दलित बालबालिकालाई शैक्षिक सामग्री वितरण

महोत्तरी । जिल्लाको गौशाला नगरपालिका– १० मा दलित परिवारका बालबालिकाहरुलाई शैक्षिक सामग्री तथा पोशाक वितरण गरिएको छ । नगरपालिका– १० मा सेभ द चिल्ड्रेनको आर्थिक सहयोग र सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिबासद्वारा सञ्चालित ‘समुन्नति’ कार्यक्रमअन्तर्गत मुसहर सामुदायका बालबालिकाहरुलाई सो समाग्र वितरण गरिएको हो ।

अहिलेको तथ्यांक अनुसार मुसहर सामुदायका बालबालिकाहरु एसइई उत्तीर्ण गरेको धेरै न्यून देखिएको कारण निरन्तर विद्यालय जाउन् भन्ने उद्देश्यका साथ कक्षा ५ देखि १० सम्मका २५ जना बालबालिकाहरुलाई ब्याग, कापी, पेन, रंगिन, बोतल, सुइटर, स्कुल ड्रेस तथा जुत्ता वितरण गरिएको सामुदायिक विकास तथा पैरवी मञ्च नेपालका समुदायीक परिचालक गजेन्द्र महतोले बताए ।

कार्यक्रममा वडाध्यक्ष विष्णुकुमार महतो, वडा सचिव भरत साह, वडा सदस्य योगेन्द्र मण्डल, बुधनी सदा, कम्प्युटर अपरेटर रामनाथ महतो, वडा बाल अधिकार समितिको पदाधिकारीहरु, सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासका समुदायीक परिचालक गजेन्द्र महतो तथा फिल्ट सुपरभाइजर सरोजको उपस्थित रहेको थियो । कार्यक्रममा वडा सदस्य योगेन्द्र मण्डलले बालबालिकालाई निरन्तर विद्यालय पढ्न र पठाउन अभिवावकहरुलाई आग्रह गरे ।

प्रतिक्रिया