कपडा र खुद्रा सामान लोड भएको ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । कपडा र खुद्रा सामान लोड भएको ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका– १४ गण्डक चोकस्थित सडकखण्डमा ना ६ ख १३७ नम्बरको मालवाहक ट्रकमा राजश्व छली तथा चोरी गरी विल विजकभन्दा बढी सामानहरू लोड गरी वीरगञ्जबाट रुपनदेहीतर्फ जाँदै गरेको सूचना प्राप्त भई जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको चेकिङ टोलीले उक्त मालवाहक ट्रकलाई नियन्त्रणमा लिएको‌ हो ।

ट्रकमा लोड भएको सामानहरु ONLINE VCTS विलमा उल्लेखितभन्दा बढी लोड भएको आशंका रहेको तथा सो विल विजक शंकास्पद देखिएकाले ना ६ ख १३७ नम्बरको मालवाहक ट्रकलाई नियन्त्रणमा लिएर ट्रकभित्र लोड भएको कपडा र खुद्रा समानहरू ९उल्लेखित विल अनुसार रू ५२, ६४,१०३ (बाउन्न लाख चौसट्ठी हजार एक सय तीन) मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ ।

उक्त ट्रकभित्र लोड भएको सामानहरू आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी एवं प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रतिक्रिया