पर्सा । पर्साको पोखरीया नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले केही दिनदेखि आफ्नो विषयमा आइरहेका समाचारमा कुनै सत्यता नरहेको बताएका छन् । बिना प्रमाण कसैलाइ भ्रष्ट नपाइने भन्दै प्रमुख प्रशासकीय अधिकृत अजयकुमार श्रीवास्तवले उक्त समाचारप्रति ध्यानाकर्षण भएको जाएका हुन् ।
उनले भने, ‘मेरो ब्यक्तिगत जीवनलाई लिएर भ्रामक समाचार लेखेका पत्रकारले दण्डहीन अपराध गरेको छ । त्यस्तै बिना प्रमाण कसैलाइ भ्रष्ट भन्नू कानुनी अपराध हो ।’
पोखरीया नगरपालिकाको प्रमुख रहेको नाताले नगरपालिकाबारे जुन समाचार लेखिएको छ त्यस प्रती ध्यानाकर्षण भएको बताउदै उनले नगरपालिकामा त्यस्तो कुनै पनि भ्रष्टाचार नभएको दाबी गरे । अनियमियतासँग जोडेर जुन आरोप लगाइएको छ त्यो आरोप सिद्ध गरेर देखाउन उनले चुनौती दिए ।
उनले भने, ‘नेपाल सरकारले मलाई मेरो क्षमता र योग्यता देखेर यस नगरपालिकाको अधिकृत बनाएको हो । मेरो क्षमता र अनुभवलाई जाच्न चाहनेले म संग प्रत्यक्ष रुपमा बसेर कुरा गर्नुपर्छ ।’
त्यस्तै उनले आफूप्रति लेखिएको गलत समाचारले मेरो परिवार र समाजमा मेरो मान मर्दन भएको बताए । उनले झुठो समाचार बनाएर बार्गेनिङ गर्न खोज्ने पत्रकार र संस्थालाई कार्यवाहीको घेरामा लैजाने बताए ।
उनले भने, ‘म आएदेखि नै पोखरिया नगरपालिकाको काम कार्वाही पारदर्शी रुपमा हुँदै आएको छ । मेरो चरीत्र हत्या गर्ने पत्रकारलाई आफू अदालत मुद्दा गर्ने र हरेक कानुनी प्रक्रिया अपनाएर सजायको माग गर्छु ।’
पर्सा
प्रतिक्रिया