महोत्तरी । गएराति महोत्तरीको औरहीमा भएको सवारी दुर्घटनामा परि २ जनाको मृत्यु भएको छ । औरही नगरपालिका वडा नं.१ को कार्यालय नजिक भएको दुईवटा मोटरसाईकल दुर्घटनामा परि भंगहा नगरपालिका ३ का ३२ बर्षिय धर्मेन्द्र महतो र रामगोपालपुर नगरपालिकाका ३० बर्षिय मुकेश चमारको भृत्यु भएको हो । त्यस्तै २ जना गम्भीर रुपमा घाईते भएको छ । उनीहरुको वर्दिवासस्थित शुभस्वतिक अस्पतालमा उपचार भईरहेको छ ।
प्रहरीले दिएको जानकारी अनुसार गएराति भएको सो दुर्घटनामा परि रामगोपालपुरतर्फ गईरहेको प्रदेश २-०२-००४ प १८४० नं. को मोटरसाईकलका चालक रामगोपालपुर थली विर्ता बस्ने बर्ष ३० बर्षिय मुकेश चमार र बर्दिबास तर्फ आउदै गरेको ज ११ प. ८०९९ नं.को मोटरसाईकल चालक भंगहा नगरपालिका ३ का बर्ष ३२ को धर्मेन्द्र महतो, पछाडी सवार बर्ष ३१ को श्रीराम गोसाई र बर्दिबास प्रेमनगर बस्ने बर्ष २६ को प्रदिप कुमार यादव गरि ४ जना घाईते भएका थिए । तत्काल घाईतेहरुलाई दुर्घटनास्थलबाट उद्दार गरी उपचारको लागि बर्दिबास स्थित रहेको शुभ स्वस्तिक अस्पतालमा पठाएको ईलाका प्रहरी कार्यालय गौशालाले जनाएको छ ।
प्रतिक्रिया