बारा प्रहरीद्वारा १ कट्ठामा लगाईएको गाँजा खेती नष्ट

बारा । बाराको आदर्श कोतवाल गाउँपालिकामा लगाइएको गाँजाखेती प्रहरीले नष्ट गरेको छ । आदर्श कोतवाल गाउँपालिका ८ बोहामा १ कट्ठा जग्गामा गरिएको गाँजाखेती प्रहरीले सोमबार दिउसो नष्ट गरेको हो । ईलाका प्रहरी कार्यालय महेन्द्र आदर्श बाराबाट खिटएको टोलीले ५ सय गाँजाको बोट नष्ट गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएकाे छ ।

बारा प्रहरीले केही दिन देखि गाँजा नष्ट अभियानलाई निरन्तरता दिएर पछिल्लो क्रममा निजगढमा प्रहरीले ठूलो मात्रामा गाँजा नष्ट गरेको थियो । गाँजाको प्रयोगले युवासमेत कुलतमा फस्दै आएको स्थानीयवासीको भनाइ छ, भने अवैध लागुऔषध गाँजा तस्करले बारा विभिन्न नाका हुँदै भारतसम्म पुर्‍याउने गरेका छन् ।

प्रहरीले अवैध ओसारपसारमा संलग्नलाई पटकपटक पक्राउ गर्ने गरेको भए पनि अवैध गाँजा तस्करी नियन्त्रणमा आउन नसकेको बताइएको छ ।

प्रतिक्रिया