पर्सा । नेपाल रेडक्रस सोसाइटी महुवन उपशाखाको २७औं वार्षिक सधारण सभा सम्पन्न भएको छ । पर्साको सखुवाप्रसौनी गाउँपालिकाको वडा नं ५ महुवन रेडक्रस सभा हलमा साधारण सभा सम्पन्न भएको हो ।
उपशाखा महुवनको सधारणसभामा उपशाखाको सचिव झोटिल प्रसादले आय ब्यय प्रस्तुत गरे । रेडक्रस सोसाइटी महुवन उपशाखाले आव २०७९–८० मा ३४ जनालाई आजिवन सदस्य बनाएको छ । २०८०–८१ मा १ सय जना भन्दाबढी आजिवन सदस्य बनाउने लक्ष्य रहेको गाउँपालिका अध्यक्ष जसवन्त यादवले बताए ।
देशमा परेको बिपद् परेको बेला समस्यालाई समयमा पुगेर निश्वार्थ भावनाले सेवा गर्ने भएकोले आफू यो संस्थालाई सहयोग गर्न तयार रहेको बताए । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी पर्सा शाखाका कोषाध्यक्ष महन्थ यादवले संस्थालाई आफैँ अगाडि बढाउन रेडक्रसकर्मी हरुको सहयोगको जरुरी रहेको बताए ।
कार्यक्रम महुवन रेडक्रस उपशाखाका सभापती यदु साह को सभापतित्वामा सम्पन्न भएको थियो । कार्यक्रममा गाउँपालिका प्रमुख प्रसाशकीय अधिकृत राजेश रौनिया, नेपाली कांग्रेसका नेता सलेन्द्र यादव ,कार्यपालिका सदस्य महादेव साह कलवार, अच्छेलाल साह, बिश्वनाथ चौधरीलगायतले शुभकामना ब्यक्त गरे। कार्यक्रममा कार्यसमिति, आजिवन सदस्य, सधारण, सलाहकार सदस्य, सुरक्षाकर्मी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।
पर्सा
प्रतिक्रिया