दलित सामाजिक अभियन्ता मनोज राम सम्मानित

पर्सा । मिजार समाज नेपाल पोखराले दलित सामाजिक अभियन्ता तथा पिसफर दलितस फाउन्डेसन नेपाल पर्साका अध्यक्ष मनोज रामलाई सम्मान गरेको छ । एकताको चौधौं राष्ट्रिय सम्मेलनको अवसरमा आयोजित मिजार समाज नेपालको राष्ट्रिय सम्मेलन कार्यक्रममा उनलाई सम्मान गरिएको हो ।

मनोज रामलाई शिक्षा, सामाजिक सेवा, दलित समुदायको बालबालिकाको शिक्षामा पहुँच, सामुदायिक न्याय सामाजिक रुपान्तरण, सामाजिक परिवर्तन, दलित समुदायको लागि सशक्तीकरण, सामाजिक न्याय, दलित समुदायको सेवामा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरिएको हो ।

लामो समयसम्म, दलित समुदायको शिक्षा तथा सामाजिक क्षेत्रको विकासमा समर्पित भई उल्लेखनीय तथा प्रशंसनीय योगदान पुर्याई दलित समुदायको परिवर्तनमा सक्रिय रहेकोले उच्च मुल्यांकन गरि राष्ट्रिय सम्मेलन कार्यक्रममा दलित सामाजिक अभियान्ता मनोज रामलाई कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय मन्त्री सुशिला सिंखडाले दोसल्ला ओढाई सम्मान गरेकी हुन् ।

मनोज राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरबाट चिरपरिचित दलित सामाजिक अभियान्ता हुन। विगत १५ वर्षदेखि पर्सा जिल्ला लगायत मधेश प्रदेशको जिल्ला र राष्ट्रिय स्तरमा सामाजिक कार्यमा सक्रिय रहेका उनले अहिले पर्सा जिल्लाका १००० बालबालिकाहरुलाई लक्षित गरि शिक्षा तथा बालबालिकाको लागि कार्य गरिरहेका छन् ।

हालसम्म मनोज रामले पर्सा जिल्लामा दलित समुदायको बालबालिकाको लागि शिक्षामा पहुँच , विद्यालय टिकाउ , गुणस्तरीय शिक्षा, सिकाई सुधार , सामुदायिक परिवर्तन , कक्षा उतिर्णमा सुधार , शिक्षामा बानीको विकासको लागि समुदाय टोल बस्तीमा ५ स्थानमा सामुदायिक निशुल्क ट्युसन कक्षा केन्द्र संचालन गरेका छन् । यो अभियानबाट १००० बालबालिका लामभावित रहेको बताइन्छ ।

रामले शिक्षाबाट बन्चित, बिरामी परेको लाई उपचार गराउने , खाद्यान्नको समस्या भएकोलाई खाद्यान्न सहयोग गर्ने गराउने, घर निर्माणमा सहयोग गर्ने, खानेपानीको लागि कल जडान गर्ने, दलित सशक्तीकरणको कार्य गर्ने , सामाजिक न्याय, सामुदायिक रुपान्तरणको लागि आवाज उठाउने तथा वकालत गर्ने, बालबालिकाको लागि कापीकलम, शैक्षिक सामग्री सहयोग गर्ने गराउने कार्य गर्दै आएका छन् । पर्सा जिल्लामा स्थापित पिसफर दलितस फाउन्डेसन नेपालको उनी संस्थापक अध्यक्ष पनि हुन् ।

मिजार समाज नेपालको एकताको चौधो राष्ट्रिय सम्मेलनको अध्यक्षता होमबहादुर नेपालीले गरेका छन्, भने कार्यक्रमको प्रमुख अतिथि गण्डकी प्रदेश सरकार सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडा रहेकी छन् । कार्यक्रममा विशेष अतिथि गोबिन्द नेपाली, विशेष अतिथि संविधान सभा पूर्व सदस्य दिलबहादुर नेपाली , राष्ट्रिय दलित आयोगको सदस्य सुन्दर पुर्कुटी, राष्ट्रिय सभाको पुर्व सांसद रामलखन हरिजन ,प्रदेश दलित सांसद, मिजार समुदायको अगुवा लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया