जनताको धनजनको सुरक्षाको जिम्मेवारी हामी सबैको हो : न्यायाधीश उपाध्याय

बारा । उच्च अदालतका न्यायाधीश पूर्णेश्वरप्रसाद उपाध्यायले जनताको जनधनको सुरक्षाको जिम्मेवारी राज्यका सबै निकायको भएको बताएका छन् । नेपाल लेखापढी कानुन व्यवसायी एसोसिएसन इकाई समितिको ९औ सधारण सभामा बोल्दै न्यायाधीश उपाध्यायले यस्तो बताएका हुन् । उनले भने, ‘जनताको भरोसाको केन्द्र र विश्वासको पात्र लेखापढी कानुन व्यवसायी भएकोले त्यो बिश्वास जिवीत राखदिन सब्ैलाई आग्रह गर्दछु ।’ उनले जनताको जग्गाको सुरक्षाको लागि जसरी रास्ट्र सेवक कर्मचारीले जुन दायित्व बोध गर्छ्न त्यो जिम्मेवारी लेखापढी व्यवसायीको पनि रहेकाले सबैले आफ्नो जिम्मेवारी इमनदारी पुर्वक पूरा गर्नसमेत उआग्रह गरे ।

कार्यक्रममा मालपोत कार्यालयका प्रमुख राजेश गिरीले जनताको जग्गाको सुरक्षा गर्नुपनेृमा जोड दिए । उनले भने, ‘जनताले आफू कमाएको पैंसा सुरक्षित गर्न बैंकमा राख्छ्न, त्यसरी नै जनताको जग्गाको बैंक मालपोत कार्यालय रहेकोले यसको सुरक्षाको जिम्मेवारी हामी सबैको भएको हो ।’

उक्त कार्यक्रममा फेटा गाउँपालिकाका २ का वडाध्यक्ष नरेश पटेल, गोपाल सेवा समिति बाराका अध्यक्ष जंगबहादुर प्रसाद यादव, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसनका केन्द्रिय बरिस्ठ उपाध्यक्ष गोबिन्द पोखरेल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन जिल्ला समन्वय समितिका अध्यक्ष पन्नालाल पटेल, कानुन व्यवसायी इश्वर साह कानुले शुभकामना मन्तब्य राखेका थिए । त्यस्तै, कलैया उपमहानगरपालिका १ का पूर्व वडाध्यक्ष जटाशंकर प्रसाद जैसवाल, नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएसन मधेस प्रदेशक सचिव रितलाल महतो, नापी कार्यालय बाराका अधिकृत शिवबालक साह लगाएतकाले लेखापढी कानुन व्यवसायी एशोसिएसनको सफलताको शुभकामना व्यक्त गरे ।

नेपाल लेखापढी कानुन व्यवसायी एशोसिएशन इकाई समिति कलैयाका अध्यक्ष बृजकिशोर प्रसाद यादव उर्फ भगतको अध्यक्षतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्ष जितनरायायण पटेलले स्वागत मन्तव्य राखेका थिए ।

प्रतिक्रिया