हरवाचरवा अधिकार मञ्च महोत्तरीकाे दोश्रो जिल्ला सम्मेलन सम्पन्न

महोत्तरी । जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीको दोश्रो जिल्ला सम्मेलन जलेश्वरमा सम्पन्न भएको छ । ‘मुक्त हरवाचरवाको न्यायिक पुन:स्थापना हाम्रो सरोकार – शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सुरक्षा हाम्रो अधिकार ।’ भन्ने मुल नाराका साथ दोश्रो जिल्ला सम्मेलन जलेश्वरमा सम्पन्न भएको हाे ।

कार्यक्रममा प्रमुख अतिथिकाे रूपमा रहेका मधेशप्रदेश सरकारका भूमि ब्यवस्था, कृषि र सहकारी मन्त्री गोबिन्दबहादुर न्यौपानेले नेपाल सरकारको घोषणा गरेकाे र हरवाचरवा सङ्गठनको मागअनुसार पुन:स्थापना सम्बन्धि काम अगाडी बढेकाे जानकारी दिए । उनले भने, ‘मधेश सरकारको नीति तथा कार्यक्रम र बजेटको मर्म र भावना अनुसार उनीहरुको पुन:स्थापना सम्बन्धी काम सरोकारवाला मन्त्रालयको हैसियतले अघि बढेको छ ।’ साथै उनले तुरुन्तै हरवाचरवा अधिकार मन्च तथा उनीहरुको हकहितका लागि काम गर्ने दलित नेटवर्कलगायतसँग सहकार्य गरि अघि बढ्ने प्रतिबद्धता जनाए । आफ्नै पालामा पुन:स्थापनाको काम अघि बढने घोषणा गरे ।

कार्यक्रममा नेपाल दलित मुक्ति संगठनका केन्द्रीय अध्यक्ष गणेश बिश्वकर्माले मानव अधिकारको बिश्वब्यापी मान्यता अनुसार मुक्त हरवाचरवाको पहिचान र प्रतिनिधित्वकाे सम्मान, संरक्षण र परिपुर्ति गर्ने उत्तरदायित्व राज्यको भएको बताए । यसका लागि स्थानिय, प्रदेश र संघीय सरकारबीच सहकार्यको आवश्यकता रहेको उनकाे भनाइ थियाे । साथै उनले नेपालमा दाशप्रथाको अवशेषको रुपमा बाँकी रहेको एकमात्र कृषि बधुवा मजदुर प्रथा हरवाचरवा मुक्तिको नेपाल सरकारले औपचारिक घोषणा भएको १७ महिना बितिसकेको सन्दर्भमा उनीहरुको न्यायिक पुन:स्थापनाका लागि एकिकृत प्याकेज निर्माणमा ढिलाई गर्न नहुनेमा जोड दिए ।

कार्यक्रमको उदघाटन सत्रमा जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश शाह शोनार, जिल्ला भूमि आयोग महोत्तरीका अध्यक्ष ज्ञानबहादुर घले, अधिवक्ता बालाराम भट्टराई, नेकपा–एकिकृत समाजवादीका केन्द्रीय सदस्य एवं महोत्तरी जिल्ला ईन्चार्ज बिजयकुमार चौधरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी उपरीक्षक प्रकाश मल्ल, द फ्रिडम फण्डका कार्यक्रम सल्लाहकार ब्रहमदेव राम र राष्ट्रिय हरवाचरवा अधिकार मञ्चका महासचिव लागिन्द्र सदालगायतले शुभकामना मन्तब्य राखे ।

जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरीका अध्यक्ष शिव सदाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपाध्यक्ष साबित्री सदाले स्वागत गरे, भने कार्यक्रमको सञ्चालन राष्ट्रिय दलित नेटवर्क, नेपालका जनवकालत अधिकृत सञ्जयकुमार महराले गरेका थिए ।

सम्मेलनले साबित्री सदाको अध्यक्षतामा १५ सदस्यीय जिल्ला हरवाचरवा अधिकार मञ्च महोत्तरी गठन गरेको छ । जसको उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमसः बलेश्वर मरर, जोगिन्द्र सदा, रामसखी मण्डल र रितादेवी पासवान चयन भएका छन् । त्यसैगरि मञ्चको सदस्यहरुमा सिमादेवी मण्डल, मोलीया सदा, बिनीता कुमारी सदा, रेश्मा सदा, ब्रहमदेव सदा, रामकलेश मरर, सिकीलदेवी सदा, कमलीदेवी, परमदेवी सदा र गणेशी सदा रहेका छन् ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया