चीन र अमेरिकाबीच युद्धको संकेत

लोकनारायण सुवेदी

चीनको आधा जनसंख्या यो विश्वास गर्दछ कि अमेरिका चीनको विरुद्ध सैनिक कारबाही गर्न लागिपरेको छ । उता पश्चिमको एकतिहाइ जनसंख्याको के मान्यता देखिन्छ भने दुबै देशका बीच युद्ध अवश्यंभावी छ । अनि यदि यस्तो कुनै युद्ध भयो भने युरोपका ठूला देशहरूका ६२ प्रतिशत जनता तटस्थ रहन मन पराउँदछन् । केवल २३ प्रतिशतले वासिंगटनको समर्थन गर्ने कुरा गरेका छन् ।

यतिबेला युक्रेन र गाजापट्टी दुबै ठाउँमा चलिरहेको युद्धले विश्वभरी नै ठूलो नकारात्मक र सकारात्मक प्रभाव पनि पारिरहेको छ । यहाँ सकारात्मक प्रभाव के कस्तो हो त्यसको चर्चा गरिन लागिएको छ । युद्धका बिरुद्ध र शान्तिको पक्षमा विश्वभरीका मानिसहरूका बीचमा एउटा नयाँ मनोदशा तीव्रताकासाथ विकसित भइरहेको छ । जानकारहरू भन्दछन् – ‘हुन त यस्तो मनोदशा २०२२ भन्दा पहिलादेखि नै विकसित हुन थालेको थियो । तर जब रुसी सेना युक्रेनमा प्रवेश गर्यो तब यस मनोदशामा धेरै नै अभिवृद्धि हुन थाल्यो ।’

कोभिड–१९ महामारी झेल्नमा विश्व व्यवस्थापनलाई लिएर पश्चिमा संसार निकै ठूलो सन्देहको घेरामा आइसकेको थियो । एकातिर जहाँ पश्चिमा सरकारहरू र त्यहाँको स्वास्थ्य व्यवस्थापन आफ्नै देशमा महामारीसँग प्रभावकारी किसिमले लड्न सकिरहेका थिएनन् भने अर्काेतिर ती देशहरू विश्वका अन्य देशहरूलाई कोभिड खोप उपलब्ध नगराउन व्यस्त देखिएका थिए । एकातिर ती सरकारहरू कुन जिद्दीमा रहेका थिए भने उनीहरूका देशका जनतालाई कोभिड खोप आवश्यकताभन्दा बढी उपलब्ध होओस् । अर्कोतर उनीहरू जिद्दी के थियो भने गरिब देशले विदेशी ऋणको भुक्तानी पश्चिमा देशलाई नियमित रूपले गर्दै रहुन् । अनि यो स्पष्ट भइरहेको थियो कि पश्चिमको श्रेष्ठता एवं उदारताको दाबी पूर्णरूपले खोक्रो दाबी हो । अर्कोतिर ग्लोबल साउथका कतिपय देशहरू अब शक्तिशाली देश बनेर उदाउँदै थिए । यी सारा घटनाक्रमकाले मिलेर यो परिवर्तनलाई तीव्रता दिइरहेका थिए ।

युरोपेली काउन्सिल तथा विदेश सम्बन्धको १५ नोभेम्बरको एउटा रिपोर्ट जसको शीर्षक–‘विश्व जनमतबाट युरोपका नीति निर्माताहरूले के शिक्षा लिनु पर्दछ ?’ मा पूरै विश्वका देशहरूको महत्वपूर्ण डेटाका आधारमा यस नयाँ मनोदशाको गहिराइलाई संकेत गरेको विश्लेषकहरू मान्दछन् । २१ देशको मतदान डेटामाथि यो रिपोर्ट आधारित छ , जसमा चीन, भारत, तुर्कीए, रुस, अमेरका (सिआइटीअआरयुएस), युरोपका प्रमुख ११ देश तथा ब्राजिल, इन्डोनेशिया, साउदी अरब, साउथ अफ्रिका तथा साउथ कोरिया पाँच गैरयुरोपेली प्रमुख देश पनि सामेल छन् ।

ती देशहरूका मतदान डेटाबाट के स्पष्ट हुन्छ भने आजको कालखण्ड कुनै ध्रुवीयतामा आधारित छैन कि जनसंख्याको अधिकांश हिस्सा साझेदारको कुनै नियत गुटमा नलागिकन विश्वमा बाँच्न चाहान्छ । मतदानमा सहभागी भएका देशहरूको चाहना के थियो भने तिनका सरकारहरू बाँकी सबै सरकारहरूसँग सम्पर्कमा रहुन् र विभिन्न मुद्दामा विभिन्न सरकारहरूसँग मिलेर काम गरुन् । रिर्पोटमा एउटा व्यावहारिक राजनीतिक परिदृष्यलाई नोट गर्दै भनिएको छ कि ‘विश्वका अधिकांश हिस्सा (युरोप र तिनको अमेरिकालाई छाडेर) युक्रेनमा चाँडोभन्दा चाँडो युद्ध समाप्त होस् भन्ने पक्षमा छन् भलै किभले केही क्षेत्र गुमाउनु नै किन नपरोस् । साथै एकदमै थोरै यस्ता मानिसहरू पथि छन् (युरोपलाई पनि जोडेर), जसले ताइवानलाई लिएर अमेरिका र चीनका बीच यदि युद्ध छेडिन्छ भने तिनले अमेरिकाको पक्ष लिनेछन् ।

ती देशहरूमा गरिएको सर्वेक्षणका अनुसार जनसंख्याको अत्यन्तै ठूलो हिस्सा युक्रेन र पेलेस्टिनमा चलरहेका युद्धका लागि पश्चिमा देशहरूको तर्कलाई स्वीकार गर्दैनन् । उदाहरणका लागि रिपोर्टमा भनिएको छ कि–पश्चिमा देशभन्दा बाहिर ठूलो संख्यामा मानिसहरूको सोच के छ भने य्ुक्रेन युद्ध कुनै नैतिक मूल्यमा आधारित हुनुको साटो महाशक्तिहरूको एउटा छद्म युद्ध बढी हो । बास्तवमा पूर्वतर्फ नाटोको विस्तार नै यो युद्धको यथार्थ जड हो । रिपोर्टमा भनिएको पनि छ कि – ‘रुस तथा चीनका मानिसहरू मात्रै होइन, भारत, इन्डोनेशिया, साऊदी अरब तथा तुर्किएका मानिसहरू पनि पश्चिमा अर्थात् युक्रेन, युरोपेली संघ एवं अमेरिकालाई एउटा ठूलो समस्याको रूपमा देख्दछन् । मानिसहरूको मत केवल यही मात्रै होइन कि युक्रेन युद्धको लागि पश्चिमा शक्ति मुख्यरूपले दोषी हो, त्योभन्दा अझ बढी मानिसको धारणा के छ भने ‘युक्रेन युद्धमा आउँदा पाँच वर्ष भित्रमा रुसले जित्न सक्नेछ ।

चीनका विरुद्ध अमेरिकाको दबाब अभियान

ताइवानका विषयमा यस रिपोर्टमा डेटाको सायद सबैभन्दा अनौठो पक्ष परिलक्षित हुन्छ । गएको सन् १९७९ देखि सुरु गरेर अमेरिकाले जतिबेला चीनसँग राजनयिक सम्बन्ध कायम गरेको थियो त्यतिबेलादेखि नै उसले ‘एक चीन नीति’ अंगीकार गरेको हो । त्यस एक चीन नीतिको अर्थ यो हो कि ताइवानलाई अमेरिका चीनको एक अभिन्न अंग मान्दछ । त्यसै वर्ष अमेरिकी सरकारले ‘ताइवान रिलेसन एक्ट’ पनि पारित गरेको थियो जसको माध्यमले अमेरिका र ताइवानका बीच गैरराजनीतिक सम्बन्धलाई परिभाषित गरिएको थियो । यसरी अमेरिकाले ताइवानमा यस्तो झूटो अपेक्षालाई हावा दियो कि चीनमा ताइवानको पूर्ण विलयको विरुद्ध अमेरिकाले ताइवानलाई साथ दिनेछ । यो जुन कपटपूर्ण पाखण्ड हो कि – एकातिर चीनसँग राजनयिक सम्बन्ध स्थापित गर्ने, अनि अर्कोतिर ‘ताइवान रिलेसन एक्ट’को पाखण्डलाई कायम राख्ने– यही पाखण्डपूर्ण नीति अमेरिकाले बितेको ४४ वर्षदेखि अनुसरण गर्दै आएको छ ।

बितेको पाँच वर्षको कालखण्डमा चीन र ताइवानका बीचको सम्बन्धमा तनाव वृद्धि भएको छ । किनभने अमेरिकाले एउटा ‘ताइवान ट्राभेल एक्ट (२०१८)’पनि पारित गर्यो जसअन्तर्गत अमेरिका र ताइवानका उच्चाधिकारीहरू एक अर्काको देशमा भ्रमण गर्न सक्छन् । यसरी २०१८ देख सुरु गरेर अमेरिकाले ताइवानलाई लिएर चीनसँगको सम्बन्धलाई तनावपूर्ण बनाइदियो, जुन चीनका विरुद्ध अमेरिकाको दबाब अभियानकै एउटा महत्वपूर्ण हिस्सा हो ।

चीनको आधा जनसंख्या यो विश्वास गर्दछ कि अमेरिका चीनको विरुद्ध सैनिक कारबाही गर्न लागिपरेको छ । उता पश्चिमको एकतिहाइ जनसंख्याको के मान्यता देखिन्छ भने दुबै देशका बीच युद्ध अवश्यंभावी छ । अनि यदि यस्तो कुनै युद्ध भयो भने युरोपका ठूला देशहरूका ६२ प्रतिशत जनता तटस्थ रहन मन पराउँदछन् । केवल २३ प्रतिशतले वासिंगटनको समर्थन गर्ने कुरा गरेका छन् । ताइवानलाई लिएर चीनका बिरुद्धको युद्धमा युरोपका केवल आठ प्रतिशत मानिसले मात्र आफ्ना सैनिकहरूको त्यसमा सहभागितको स्वागत गर्न सक्छन् जबकि अमेरिकाका केवल ३२ प्रतिशत मानिसहरू मात्र यो युद्धमा आफ्ना फौजको समर्थन गर्न तयार हुन सक्दछन् ।

युरोप तथा अमेरिका दुबै देशका बहुसंख्यक मानिसहरू यस्ता कुनै पनि आत्मघाती युद्धको विरुद्ध छन् । त्यस्ता मासिनहरू त दुबै पक्षका बीच निकट सम्बन्धको पक्षमा देखिन्छन् । त्यसैले त अमेरिकी राष्ट्रपति चीनका राष्ट्रपति शी जिनपिङलाई ‘तानाशाह’ भन्दा अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिंकेनले आफ्नो छटपटी छिपाउन सकेका थिएनन् । यथार्थतः कूटनीतिक क्षेत्रमा यस्तो भाषाको प्रयोगले कठिनाइ उत्पन्न हुने गर्दछ भन्ने मान्यता । यद्यपि दुबै देशले कामकाजी सम्पर्क स्थापित गर्ने प्रयास पनि गरिरहेका छन् ।

प्यालेस्टिनमाथि बर्बर इजरायली हमला विरुद्ध

यद्यपि युरोपेली काउन्सिलको यस रिपोर्टमा गाजापट्टीका पेलेस्टिनीहरूमाथि इजरायलको बर्बर हमलालाई लिएर विश्वभरीका मानिसहरूको दृष्टिकोणका बारेमा त्यस्तो कुनै डाटा प्रकाशित भएको छैन तर मानिसहरूको मनोदशालाई जाहेर गर्ने अन्य महत्वपूर्ण संकेतकहरू भने उपलब्ध छन् । गाजापट्टीमा इजरायलको बमबारीका विरुद्ध ठुल्ठूला विरोध प्रदर्शनहरू आज विश्वभरी नै भइरहेका छन् । अन्यायका विरुद्ध यस्ता विरोध प्रदर्शनहरूले एउटा पूरै नयाँ पिढीमा नै उत्साहको सञ्चार गरिरहेको सुक्ष्म विश्लेषकहरूको निष्कर्ष छ । त्यसैले जाकार्ता र इस्ताम्बुलदेखि लिएर वासिंगटनसम्म तथा ब्राजिल र बृटेनकासाथै अस्ट्रेलिया तथा आयरल्यान्डसम्ममा लाखाँै लाखको संख्यामा मानिसहरू कतिपय पश्चिमा देशले प्रतिबन्ध लगाउँदा लगाउँदै पनि सडकमा उत्रिएर केबल युद्धबन्धको मात्रै होइन पेलेस्टिनहरूको इजरायलद्वारा गरिएको भूमि कब्जा समाप्त गर्न र कब्जा गरेको जमिन पनि फिर्ता गर्न माग गरिरहेका छन् ।

इजरायलबाट आउने जाने सामानहरू खासगरेर हतियारहरूको आवागमनका सम्बन्धमा कामदारहरूको जहाजमा राख्ने र निकाल्ने (लोडिङ÷अनलोडिङ गर्ने) काम पनि मनाही गरिदिएको छ । इजरायली सरकारका उच्चाधिकारीहरूका विरुद्ध इन्टरनेसनल क्रिमिनल कोर्टबाट पक्रउ पुर्जी जारी गरिनु पर्दछ भन्ने माग पनि अब सडक विरोध प्रदर्शनहरूबाट मात्र होइन, दक्षिण अफ्रिका र कोलम्बियाजस्ता महत्वपूर्ण देशहरूका सरकारहरूको तर्फबाट पनि उठाउन थालिएको छ । कतिपय देशहरूले इजरायलबाट आफ्ना राजनयिकहरूलाई फिर्ता बोलाइसकेका छन् भने कतिपयले इजरायलसँगको सम्बन्ध तोड्ने धम्की पनि दिइरहेका छन् । ठूलो स्तरमा मानिसहरूको राय थाहा पाउने कोशिस गर्ने हो भने के एकदमै प्रष्ट हुन्छ भने जनताको अत्यधिक ठूलो हिस्सा इजरायलद्वारा प्यालेस्टिनहरूमाथि गरिँदै गरिएको बर्बर बमबारीका बिरुद्ध छ र पेलेस्टिनहरूको गरीमय मानवीय जीवन बाँच्न पाउने अधिकारको पक्षमा देखिन्छ ।

केवल युरोपमा मात्र होइन, त्यसका अतिरिक्त अमेरिका भित्र पनि गाजापट्टीविरुद्ध इजरायली हमलालाई लिएर मानिसहरूको दृष्टिकोण र सोच आश्चर्यजनक छ । केही समय पहिला रायटर्स÷इप्सोसको सर्वेक्षणबाट थाहा हुन्छ कि इजरायली हमलाप्रति अमेरिकी जनताको समर्थनमा ४१ प्रतिशतबाट घटेर ३२ प्रतिशतमा झरेको पाइएको छ । त्यसमा डेमोक्रेटस् तथा रिपब्लिकन दुबैको संख्या बराबर छ । यद्यपि अमेरकाका ठूला राजनीतिक हस्तीहरू युद्ध विरामको पक्षमा इच्छुक देखिएका छैनन् । त्यस्ता व्यक्तिहरूमा राष्ट्रपति जो बाइडेन तथा आउँदो चुनावमा रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिका लागि उम्मेद्वार पनि रहेका छन् । तर समग्रमा अमरिकी जनताको ६८ प्रतिशत हिस्सा युद्ध विरामको पक्षमा रहेको छ । अन्य सर्वेक्षणहरूले पनि यस्तै निष्कर्ष निस्कन्छ । यसबाट गाजापट्टीको युद्धका बारेमा अमेरकी जनताको मनोदशा के कस्तो छ भन्ने थाहा हुन्छ ।

अर्कोतिर अमेरिकी काग्रेसका ५ सय ३५ सदस्य मध्येमा केवल ३३ तथा सिनेटका सय सदस्य मध्येमा केवल एक सदस्य मात्रै युद्ध विरामको समर्थनमा देखिन्छन् । यसबाट त यही सावित हुन्छ कि चुनिएका जनप्रतिनिधि के कस्तो किसिमले आफ्नै निर्वाचक जनताबाट कटिएका छन् । एउटा अर्को तथ्य पनि निकै महत्वपूर्ण छ कि युद्ध विरामको पक्षमा जो पनि मानिसहरू छन् ती मध्येमा प्रायः सबै नै अश्वेत अर्थात काला मानिसहरू छन् । अमेरिकी कांग्रेसकी महिला सदस्य बेक्का बलिंट पहिलो यस्ती महिला यहुदी प्रतिनिधि हुन् जो युद्ध विरामको मागमा खडा भएकी छन् । उनको के भनाइ छ भने यहुदीहरूका विरुद्ध हिटलरको होलोकास्ट(बिभिषिका)बाट उनी एक पिढी टाढा छिन्, जसले उनको परिवारलाई प्रभावित गरेको पारेको थियो । तर गाजापट्टीका निर्दोष नागरिकहरू तथा बालबच्चाका नृशंश हत्याहरू अत्यन्तै डरलाग्दो र घिलाग्दो कुकृत्य हो, जुन एकदमै अपाच्य र अस्वीकार्य छ चाहे ती बाल बच्चा हुन् या नागरिक जोसुकै हुन् ।

अमेरकी कांग्रेसका कुनै पनि निर्वाचित रिपब्लिकन सदस्यले युद्ध विरामको मागको समर्थन गरेका छैनन् । बरु त्यसको विपरीत उनीहरू त इजरायलको समर्थन र्यालीमा वासिंगटन डिसीमा जम्मा भएका थिए, जसमा इजरायलका राष्ट्रपति पनि उपस्थित थिए र उनले प्रष्ट भनेका पनि थिए कि गाजापट्टीमा जुन सिभिलियन (नागरिकहरू)लाई निशाना बनाइएको छ तिनलाई ठीकै निशाना बनाइँदै छ । यो कुरा बिल्कुलै त्यो ज्ञात यहुदी विरोधी पोस्टर जान हागीको जस्तै छ जसको मान्यता हो कि होलोकास्टका लागि यहुदीहरू स्वयं जिम्मेवार छन् । अमेरिकाका धेरैजसो चुनिएका प्रतिनिधिहरूका अतिरिक्त हेजांग र हाँगी जस्ता मानिसहरूको दृष्टिकोण पूरा विश्वको मात्रै होइन, अमेरिकाका बहुसंख्यक जनताको नजरमा पनि मेल खाँदैन र ?

प्रतिक्रिया