राैतहट । माैलापुरमा ‘असहाय सँग मेयर कार्यक्रम’ प्रभावकारी बन्दै गएको छ । ‘असहाय सँग मेयर कार्यक्रम’ अन्तरगत आज नगरपालिकाले छोरीको बिहेमा आर्थिक सहयोग गरेको छ । आज एक कार्यक्रमकाबीच नगरप्रमुख रिनाकुमारी साहले अनुदान रकमकाे चेक हस्तान्तरण गरेकी हुन् ।
मौलापुर नगरपालिकाको ‘असहायसँग मेयर कार्यक्रम’ अन्तर्गत छोरीको बिहेका लागि आर्थिक सहायता अनुदान रकम प्राप्त गर्न निवेदन पेश गरेकाहरूले चेक पाएका छन् । त्यस्ता लाभग्राहीहरुलाई जनही रु. ३० हजारको दरले ४९ जना लाभग्राहीहरुलाई १४ लाख ७० हजार रकम बराबरको चेक प्रत्येक लाभग्राहीहरुलाई हात हातमै उपलब्ध गराईएकाे माैलापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले जानकारी गराए ।
नयाँ निवेदनहरुको हकमा नगरप्रमुख वा निजको प्रतिनिधिबाट बिहेको दिन निवेदकको घरमै चेक हस्तान्तरण कार्य जारी रहेकाे अधिकृत साहले जानकारी गराए । नगरप्रमुख साहकाे पहलमा झण्डै ६ वर्ष देखि शुरू भएको यो कार्यक्रमले आम गरिब परिवारलाई ठुल्लो राहत प्रदान गर्दै आएको छ ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया