रौतहटमा १८ लाखभन्दा बढी नक्कली नेपाली नोटसहित एक जना पक्राउ

मधेस । रौतहटमा नक्कली नेपाली नोटसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको गुजरा नगरपालिका–५ हरिहरपुरका बच्चालाल यादवको २५ वर्षिय छोरा संदिप यादव रहेका छन् ।

बिहीवार दिउँसो १ बजेको समयमा देवाही गोनाही नगरपालिका–३ पटेल चोकबाट यादवलाई १८ लाख भन्दा बढी नक्कली नेपाली रुपैयाँ सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय गौरले जनाएको छ ।

विशेष सुचनाको आधारमा खटेको प्रहरीको गस्ती टोलीले एक हजार दरको १८ सय ४३ थान गरी १८ लाख ४३ हजार जाली नोट सहित यादवलाई पक्राउ गरेको हो । पक्राउ परेका यादवको साथबाट विभिन्न बैंकको ५ थान एटिएम कार्ड, १६ लाख ६५ हजार रुपैयाँ उल्लेख भएको तिन थान चेक र एकथान ओपो कम्पनीको मोवाइल समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय गौरका प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक एलिजा गिरीले जानकारी दिएकी छन् ।

पक्राउ परेका यादवलाई जिल्ला प्रहरी कार्यालयको हिरास्तमा राखिएको र बरामद भएको जाली नोट, एटिएम, चेक र मोवाइल बारे अनुसन्धान कार्य भइरहेको डिएसपी गिरीले बताइन ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया