राैतहट । रौतहटमा पछिल्लो समय फोनबाट धम्की दिई रकम माग्ने घटनामा वृद्धि भएको पाइएको छ । यसै क्रममा एक जना व्यापारीलाई फोन गरी धम्की दिने तथा रकम माग गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ ।
९८०१५७७५१० नम्बरको मोवाइलबाट फोन गरी रकम माग गर्ने व्यक्ति फतुवा विजयपुर नगरपालिका–८ का ३४ वर्षिय श्रीभगवान साह पक्राउ परेका छन् ।
साहले एक व्यापारीलाई पटक पटक फोन गरी ५ देखी ५० लाख रुपैयाँसम्म दिन माग गरेको र सो रकम नदिए उनको छोराछोरीको ज्यानै समेत मारिदिने धम्की दिएपछि साहलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
पक्राउ परेका साहमाथी आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धि कसुर अन्तर्गत आवश्यक अनुसन्धान एंव कारवाही अगाडी बढाइएको तथा यस कार्यमा संलग्न अन्य व्यक्तिहरुको समेत पहिचान गरी खोजतलास गर्ने कार्य भईरहेको रौतहटका प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन् ।
यस जिल्लामा केहि अपराधिक मनोस्थितिका ब्यक्तिहरुले फोनबाट धम्की दिई रकम माग गर्ने गरेको सुचना प्राप्त भई त्यस तर्फ सचेत रही तिब्र रुपमा प्रहरी कारवाही अगाडी बढाई आम जनतामा शान्ति सुरक्षाको प्रत्याभुति दिलाई कुनै किसिमको फोन धम्की तथा रकम असुली सम्बन्धि घटना घटन नपाउने गरी व्यवस्था मिलाईएको डिएसपी गिरीले बताइन ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया