औरहीलाई प्रदेशकै नमुना कृषि पालिका बनाउने तयारी

महोत्तरी । महोत्तरीको औरही नगरपालिकालाई कृषि पालिकाको रुपमा बिकास गर्नेगरी तयारी थालिएको छ । नगरभित्रका अधिंकाश नागरिक कृषि पेशामा आश्रित रहेकाले सो नगरपालिकालाई २०८२ सालभित्र मधेश प्रदेशकै नमुना कृषि पालिकाको रुपमा परिचित गराईने लक्ष्य लिएको औरही नगरपालिका प्रमुख प्रदिपकुमार खडकाले बताए । उनले नगरमा सिचाई गर्न १ हजार थान स्यालो टयुवल किसानको खेतमा जडान गरिने लक्ष्य रहेको जानकारी दिए । प्रमुख खड्काले आफ्नो यो अबधिको कार्यकालमा करिब ७ सयको हाराहारीमा सो टयु्वेल किसानको खेतमा जडान भईसकेकोले अव वाँकी रहेको टयुवेलहरु यस आर्थिक बर्षभित्रमा जडान हुने उनको भनाई छ ।

नगरका हरेक किसानको खेतमा विद्युतीकरण भईसकेकाले सिंचाईको अभावमा किसानलाई चिन्ति हुँनु नपर्ने उनको भनाई छ । नगरलाई कृषिमैत्री पालिका बनाउनका लागि यहाँका कर्मचारी र जनप्रतिनिधी पुर्णरुपमा प्रतिवद्ध भई निरन्तर रुपमा कामगर्दै आएको मेयर खडकाले जानकारी दिए । नगर प्रमुख खड्काले नगरभित्र उत्पादनलाई सबल बनाउदै वजारीकरणलाई विस्तार गरी आवश्यक स्थानमा कृषि वजारको स्थापना गरिने कुरामा जोडदिने बताए । सो लक्ष्य पुरा गर्न विक्रीकक्षको समेत व्यवस्था गरीने उनले जनाए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया