महोत्तरीको गौशालामा लोकसेवाको निःशुल्क तयारी कक्षा !

महोत्तरी । महोत्तरीको गौशाला नगरपालिकामा लोकसेवाको तयारीकाे लागि निःशुल्क तयारी कक्षा सञ्चालनको लागि तयारी गरिएको छ । आर्थिक बर्ष २०८०।८१ को बार्षिक योजना अन्तरगतमा रहि पालिकामा बसोबास गर्ने समाजिक रुपमा पछाडि पारिएको, आदिवासी, दलित, जनजाति , महिला, अपागंहरुको हकमा निःशुल्क रुपमा लोकसेवाको कक्षाको तयारी गरिएको हाे । नगरपालिकाको कार्यालयले एक सुचना प्रकाशन गरि २३ गतेभित्र ईच्छुकलाई आवश्यक कागजात सहित नगरकार्यपालिकामा सम्पर्क राख्नका लागि आग्रह गरिएको छ ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया