राप्रपा नेपालको तराई मधेसस्तरीय प्रशिक्षण कार्यक्रम सम्पन्न

वीरगञ्ज । ‘अबको गन्तव्य समृद्ध हिन्दू अधिराज्य’ नारासहित राप्रपा नेपालको तराई मधेसस्तरीय प्रशिक्षण कार्यक्रम महोत्तरी जिल्लाको बर्दिबासमा सम्पन्न भएको छ।

तराई मधेसस्तरीय प्रशिक्षण कार्यक्रममा पर्सा, बारा, रौतहट, सर्लाही, महोत्तरी, धनुषा, सिराहा, सप्तरी, उदयपुर का जिल्ला अध्यक्षहरुले आ–आफ्नो जिल्लाको प्रतिवेदन पेश गरका थिए । प्रतिवेदनमा ९ वटै जिल्लाका जिल्ला अध्यक्षहरुको पार्टीका केन्द्रिय अध्यक्षसमक्ष आन्दोलनमा गएर पनि हिन्दू राष्ट्र र राजसंस्था स्थापनाको लागि अगाडि बढ्न आग्रह गरेका थिए ।

९ वटै जिल्लाको जिल्ला अध्यक्षहरुको कुरा सुन्दै राप्रपा नेपालको महामन्त्री प्रशिक्षण कार्यक्रममा राजाराम बर्तौलाले भने ७५३ पालिकाको २०८१ जेठ महिनासम्म गठन गर्नुपर्ने तथा २०८१ साल पुस महिनासम्ममा जिल्ला अधिवेशन गर्नुपर्ने, जनवर्गिय संगठनको जिल्ला कार्य समितिमा मात्र सीमित नराखी सबै पालिकासम्म गर्नुपर्ने तथा जनवर्गिय संगठनको अन्तरक्रिया कार्यक्रम समय समयमा गर्नुपर्ने र पार्टीको विधि विधानमा रही पार्टी संगठन विस्तारमा लाग्न आग्रह गरेका थिए ।

राप्रपा नेपालका केन्द्रिय अध्यक्ष कमल थापाले‌ प्रशिक्षण कार्यक्रममा राजसंस्था र हिन्दू राष्ट्रको नारा‌ बोक्ने राप्रपा नेपाल नै भएको बताए । राजा र हिन्दू राष्ट्र आफ्नो एजेण्डा भएकाले यो स्थापित भए वैचारिक दर्शन संवर्द्धनवाद राष्ट्रियता, समावेशी प्रजातन्त्र, राजसंस्थासहितको प्रजातन्त्रको आवश्यकता रहेको‌ उनले बताए ।

संघीय धर्म निरपेक्ष असफल भएको दाबी गर्दै उनले यसको विकल्प हिन्दू राष्ट्र राजसंस्था र समृद्धि हुनुपर्ने बताए । केन्द्र र स्थानीय गरी दुई तहको राज्यसंरचना हुनुपर्ने, जनताद्वारा निर्वाचित कार्यकारी प्रधानमन्त्री, प्रतिनिधिसभाको लागि प्रत्यक्ष र राष्ट्रियसभाको लागि समानुपातिक निर्वाचन नियमन कार्यन्वयनको लागि सहमति र सहकार्य वा सर्वपक्षीय सम्मेलन गर्ने र त्यसबाट भएन भने आन्दोलन गर्ने तथा आन्दोलन गर्न राष्ट्रिय मोर्चा बनाएर आन्दोलन गर्दा आफ्नो माग पुरा हुने प्रशिक्षण कार्यक्रममा अध्यक्ष थापाले‌ बताए ।

प्रतिक्रिया