चिसोले रु १५ लाखभन्दा बढीको माछा मरे

बारा । समयमै बजार नपाउँदा चिसोको कारण यहाँका एक किसानले पालेका रु १५ लाखभन्दा बढीको माछा मरेका छन् । बाराको जीतपुरसिमरा उपमहानगरपालिका– ८ रमौलीका रुदल सहनीले पोखरी रिलिजमा लिएर सञ्चालन गरेको उत्तम माछा फर्म करिब २४ क्विन्टल माछा दुई दिनमा बढ्दै गएको चिसोको कारण मरेको छ ।

पर्सा जिल्लाको बिरगञ्ज महानगरपालिका– ३१ मा रिलिजमा पोखरी लिएर सहनीले सञ्चालन गरेको उत्तम माछा फर्मबाट चिसो बढेसँगै माछा मर्न सुरु भएपछि अहिले उनी चिन्तित बनेका छन् । सहनीका अनुसार उनको फर्मबाट इज्राईल.रोह, नैनि, बिगरेड जातिका माछा दुई दिनदेखि दैनिक १० देखि ६ क्विन्टल मर्ने गरेको छ । चिसो बढेसँगै पानीमा अक्सिजनको मात्र कमि भएपछि उत्तम माछा फर्मको ४ बिगाहामा रहेको पोखरीमा माछा मर्न सुरु भएको छ ।

लगातार मौसमी तापक्रममा आएको गिरावटले माछापोखरीको पानीको तापक्रम कम भएर अहिले माछा मर्ने क्रम सुरु भएको छ । दुई दिनदेखि माछा मर्न सुरु भएपछि माछा पाल्ने गरेका किसान रुदल सहनी अहिले चिन्तित बनेका छन् । उनले वर्षौँको लगानी आफूले माछा पाल्नमै लगाएको तर अहिले बढ्दै गएको चिसोको कारण माछा मर्न थालेपछि अहिले आफू निकैनै पिडामा रहेको बताए । उनले सरकारसमक्ष आफूले पालेको माछा मर्न थालेपछि क्षतिपूर्तिको समेत माग गरेका छन् ।

प्रतिक्रिया