काभ्रेमा ९ किलो गाँजासहित एक युवक पक्राउ

काभ्रे । प्रहरी टोलीले नौ किलो गाँजाहित एक जनालाई पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो जिल्ला काभ्रे नमोबुद्ध नगरपालिका– ९ बस्ने वर्ष १९ का विश्वास मोक्तानले धुलिखेल नगरपालिका– ७ मयुर बसपार्क नजिकै सडक छेउमा बोरामा गाँजा बोकेर हिँडिरहेको छ भन्ने विशेष सुराकीको आधारमा लागुऔषध नियन्त्रण ब्युरो र जिल्ला प्रहरी कार्यालय काभ्रेको संयुक्त टोलीले गाँजासहित ती युवकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेले दिएको अनुसार धुलिखेल– ७ बाट ती युवकलाई गाँजासहित पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याएर थप अनुसन्धन भइरहेको बताइएको छ ।

प्रतिक्रिया