बारा । भारतबाट भन्सार छलेर ल्याइएको मोबाइलसहित बाराको बारागढी गाउँपालिका ३ खोपवाबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बारागढी गाउँपालिका ३ का रुपन भन्ने रुपनारायन रहेका छन् ।
विशेष सूचनाको अधारमा जिल्ला प्रहरी कार्यालय बाराबाट खटिएको टोलीले रुप नारायणको घरमा खानतलासी गर्दा विभिन्न कम्पनीका ५१ थान अबैध मोबाईल भेटिएको जनाइएको छ ।
प्रहरीले चौधरीको घरबाट ४८ थान चार्जर ब्याटरी ९ थान मोबाईलका कभर ९ थान गरि अन्दाजी १५ लाख मूल्य बराबरको मोबाईलसहित समान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता दधिराम न्यौपानेले बताए । पक्राउ परेका चौधरीलाई हिरासतमा राखेर थप अनुसन्धान भईरहेको प्रवक्ता न्यौपानेले बताए ।
बारा
प्रतिक्रिया