महोत्तरी । जिल्लाको गौशालामा घाँसपातमा गएकी एक महिला बलात्कृत भएकी छन् । गौशाला नगरपालिका–१ रामनगर घर भएकी एक ३५ वर्षीया महिला बलात्कारको शिकार भएको रहस्य बाहिरीएको हो ।
ईलाका प्रहरी कार्यालय गौशालाले दिएको जानकारी अनुसार शनिबार रामनगर जंगलमा घाँस काट्न गएको समयमा सुनसान ठाउँमा मौका छोपी स्थानीय ४३ वर्षीय विरेन्द्र यादवले बलात्कार गरेका हुन् । पीडित महिलाका परिवारले ईलाका प्रहरी कार्यालयमा घटनाको सम्बन्धमा उजुरी दिएपछि सो घटना बाहिरिएको हो ।
घटनापश्चात् आरोपित यादव फरार रहेकोले उनको खोजी भइरहेको प्रहरी निरीक्षक मनोजकुमार यादवले जानकारी दिए । यता प्रहरीले घटनाको सम्बन्धमा सुक्ष्म तरिकाले अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक यादवले बताए ।
प्रतिक्रिया