वीरगञ्ज । नेपाली कांग्रेसका नेता एवं समाजसेवि स्वर्गीय रामराजा प्रसाद कर्र्मीको १३औँ पुण्यतिथिमा श्रद्धाञ्जली सभाको आयोजना गरिएको छ । बुधबार वीरगञ्जस्थित पिपरामा उनको घरमा श्रद्धाञ्जली सभा गरिएको हो । सो अवसरमा स्थानीयबासी नेपाली कांग्रेसका नेता कार्यकर्ताहरुलगायत अन्य पार्टीका नेताहरुको उल्लेख्य उपस्तिथि रहेको थियो ।
श्रद्धाञ्जली सभामा नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा वीरगञ्ज क्षेत्र नं २ का प्रतिनिधिसभा सांसद अजय चौरसियाको उपस्तिथि रहेको थियो । उनले स्व. कुर्मीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनको निधनले नेपाली कांग्रेसले एउटा अभिभावक गुमाउनुपरेको बताए । नेपाली कांग्रेसमा रहेर उनले सहरानीय कार्य गरेको स्मरण गरेका थिए ।
कुर्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्दै नेपाली कांग्रेसका उपसभापति रामनारायण कुर्मीले पर्सा जिल्लामा नेपाली कांग्रेसको संगठनलाई मजबुत गर्न स्व कुर्मीको योगदान अतुलनीय रहेको बताए । कुर्मीी नेपाली कांग्रेसको पुरानो नेता रहेको र पार्टीमा उनले गरेको कार्य युवाहरुले आत्मसात् गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।
त्यस्तै जनता समाजवादी पार्टी पर्साका नेता एवम क्षेत्र नं २ का प्रतिनिधिसभा का प्रत्यासी सुरेन्द्र कुर्मीले स्वर्गीय कुर्मीको बारेमा बोल्दै मिलनसार, सरल एवं समाजसेवि ब्याक्तित्वको निधनबाट समग्र समाजमा अपुरणीय क्षति पुगेको बताए ।
आज भएको श्रद्धाञ्जली सभामा नेपाली कांग्रेस पर्साका सभापति जनार्दन सिंह क्षेत्री, नेपाली कांग्रेस पर्साका सचिव तथा वीरगञ्ज महानगरपालिकाका उपमेयर इम्तियाज आलम, नेपाली कांग्रेस वीरगञ्ज महानगरपालिकाका सभापति महेन्द्रलाल नेपाली, क्षेत्र नं १ का अनिल सिहं, नवीन सिंह, प्रकाश उपाध्याय, राजेश तिवारी, मनोज यादव, लक्ष्मण कुर्मीलगायतको उपस्थिति रहेको थियो । सो कार्यक्रमको सञ्चालन नेपाली कांग्रेस पर्साका नेता श्याम पटेलले गरेका थिए ।
प्रतिक्रिया