बारा । कलैयामा रहेकाे बाल एकता इंग्लिस बोर्डिङ स्कुलका प्रधानाध्यापक रुपेश स्वर्णकार (गुड्डु) को हत्यामा संलग्न मुख्य सुटर पक्राउ परेका छन् । स्वर्णकारकाे हत्यामा संलग्न भारतीय सुटर सुजितकुमार सिंहलाई गएराती प्रहारीले बाराको बिश्रामपुर गाउँपालिका ३ बाट पक्राउ गरेकाे हाे ।
जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरीक्षक सुरेश काफ्लेका अनुसार भारतको मोतीहारी जिल्ला दर्पा थाना १ सुक्कलहिया २५ बर्सीय सुजितकुमार सिंहको साथबाट एकथान पेस्तोल र ५ राउन्ड गोली बरामद गरिएको छ ।
उनलाई बाराको बिश्रामपुर गाउँपालिका ३ बाट पक्राउ गरिएको हो ।
प्रहरीले उनलाई पक्राउ गर्न खोज्दा दोहोरो भिडन्त भएको र भिडन्तको कर्ममा प्रहरीले चलाएको गोली लागेर उनी घाइते भएको छन् । उनको दुबै खुट्टामा गोली लागेको छ । उनको उपचार प्रादेशिक अस्पताल कलैयामा भइरहेको छ ।
पक्राउ परेका सिंहको बारा, पर्सा र रौतहट जिल्लाका विभिन्न घटनामा समेत संलग्नता रहेको प्रहरीले जनाएको छ ।
गत कार्तिक १३ गते सोमबार प्रधानाध्यापक रुपेश स्वर्णकार विद्यालयबाट खाजा खानकाेको लागि निस्कने कर्ममा गोली हानी हत्या गरिएको थियाे ।
प्रतिक्रिया