विद्युत चुहावट गर्ने मिटर र मोटर प्राधिकरण गौशालाको नियन्त्रणमा

महोत्तरी । नेपाल विद्युत प्राधिकरण गौशाला वितरण केन्द्रले विद्युत चुहावट गर्ने मिटर र मोटर नियन्त्रणमा लिएको छ । वितरण केन्द्रबाट खटिएको अनियमितता सुधार तथा विद्युत चुहावट नियन्त्रण टोलीले केन्द्रअन्तर्गत पर्ने विभिन्न स्थानमबाट ८ थान मिटर र ५ थान मोटर मंगलबार नियन्त्रणमा लिएको हो ।

प्रतक्षय हुकिङ गरी अनधिकृत रूपमा विद्युत चोरी गरिरहेको अवस्थामा सो मिटर र मोटर नियन्त्रणमा लिएको शाखा प्रमुख जगन्नाथ झाले बताए । नियन्त्रणमा लिएको मिटर तथा मोटर गौशाला वितरण केन्द्रमा राखिएको प्रमुख झाले जानकारी दिए ।

ममता विश्वकर्मा

महाेत्तरी

प्रतिक्रिया