जगरनाथपुर गाउँपालिकाका अध्यक्ष यादव बिदाको दिन पनि जनताको सेवामा

वीरगञ्ज । पर्सा जिल्लाको जगरनाथपुर गाउँपालिकाका अध्यक्ष श्रीकान्त यादव बिदाको दिनमा पनि जनताको सेवामा लागेर घरदैलो गर्दै हिँडेका छन् । उनले आफू जनता, सुशासन र विकासको पक्षमा काम गर्दै आएको बताए । यस गाउँपालिकाका जनताको आवश्यकतालाई सम्बोधन गर्दै जाने प्रतिबद्धता जनाएका छन् ।

त्यस्तै उनले यस गाउँपालिकाका जनताले आफू लाई पाँच वर्ष सेवा गर्नका लागि मौका दिएकाले यसलाई आफू आत्मसात् गर्दै दिनरात काम गरिरहेको बताए । अहिले आफू जगरनाथपुर गाउँपालिकाको सडक, शिक्षा र स्वास्थ्यप्रति बढी ध्यान दिएको र यसलाइ सुधार गर्न हरसम्भव कामहरु गरिरहेको उनले बताए ।

त्यस्तै उनले जगरनाथपुर गाउँपालिका– ५ को टोल मसिहानीमा यही बैशाख ६ गतेदेखि हुन गइरहेको श्री विष्णु महायज्ञमा रु १५ लाख नगद सहयोग गर्ने घोषणा पनि गरेका छन् । थप सहयोगका लागि आफू जहिले पनि तयार रहने उनले बताए ।

अहिले वृद्धवृद्धालाई संरक्षण गर्न र हरेक सुविधा जस्तै वृद्ध भत्तालगायत अन्य सेवा सुविधा घरसम्म नै पुर्याउनका लागि काम गरिरहेको उनले जानकारी दिए । त्यस्तै उनले बेरोजगारलाई कसरी रोजगारी र राहत दिने भन्ने बारेमा समेत आफूहरुले योजना बनाइरहेको बताए ।

प्रतिक्रिया