रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियाका वरिष्ठ प्रहरी नायब निरीक्षक अरूणकुमार सिंहले प्रहरी प्रति आम जनताको अपेक्षा धेरै रहेको भएको बताएका छन् । सोमबार ईलाका प्रहरी कार्यालयमा नयाँ सरुवा भई आएका सिंहले गरेको परिचायात्मक तथा भेटघाट कार्यक्रममा उनले आफ्नो इलाका भित्रको क्षेत्रमा शान्ती सुरक्षाको लागि हरसम्भव प्रयास गर्ने बताएका हुन् ।
उनले ईप्रका अन्तर्गत पर्ने क्षेत्र भित्रका राजनीतिकर्मी, व्यापारी, जनप्रतिनिधि, स्थानीय र पत्रकारसहितका व्यक्तिहरूसँग कटहरियाको अवस्थाबारे जानकारी गराउन र जानकारी लिनका लागि सो कार्यक्रम आयोजन गरेका थिए । प्रहरी र आम जनता एक अर्काको परिपूरक भएकोले एक अर्कालाई सहयोग गरे मात्र हरेक कुरामा सुधार गर्न सकिनेउनले बताए ।
उनले ईप्रका कटहरियाको अवस्था दयनीय रहेको अवगत गराए।सर्वप्रथम ईप्रकाको व्यवस्थापन गरि सुधार गर्नुपर्ने धारणा राखे ।
उनले सो क्षेत्रको शान्ति सुरक्षाका लागि अहोरात्र खट्ने प्रतिबद्धता जनाए । यसका लागि स्थानीय समुदायको सहयोग आवश्यक रहेको सिंहले बताए ।
उनले ईप्रका र यस आसपासको शान्तिसुरक्षा कायम गर्न आफ्नो तर्फबाट केहि बुँदाहरू प्रस्तुत गरेका थिए । उनले ईप्रकाको नाममा जग्गा रजिष्ट्रेसन गराउन पहल गरिदिन, सरसफाइ व्यवस्थापनमा ध्यान दिन, कटहरिया बजारमा गाडी पार्किङ व्यवस्थापनमा सहयोग गर्न, जाडरक्सी जुवातास नियन्त्रणतर्फ सहयोग गर्न, होटेलहरू बन्द गर्नु पर्ने समय निर्धारण गर्न, माछा बजार व्यवस्थापन गर्न लगायतका विषयहरूमा सहयोग गर्न अनुरोध गरे । यी सबै कुराहरू प्रहरीको प्रयासले मात्रै सफल नहुने भएकोले सबैले हातेमालो गरे सफल हुन सक्ने उनले उल्लेख गरे ।
साथै उनले पञ्चायतीमा दर्जनौं मानिसहरू नल्याई दिन आग्रह गरे । चोर फटाहालाई कम्तीमा १२ घण्टा प्रहरी कस्टडीमा राख्न दिन अनुरोध गरे । आफू आउँदा ७ प्रहरी रहेको ईप्रका कटहरियामा हाल ११ जना प्रहरी संख्या पुगेको र दरबन्दी अनुसार १५ जना पुर्याउने लक्ष्य रहेको सुनाए ।
जवाफमा उपस्थित व्यक्तिहरूले बरिस्ठ सई सिंहले राखेको प्रस्तावमा समर्थन जनाउँदै एउटा ठोस निर्णय गरि अगाडि बढन सुझाव दिएका थिए । सो परिचयात्मक कार्यक्रममा वडा ४ का वडाध्यक्ष चन्दन कुशवाहा, वडा ५ का वडाध्यक्ष सर्फलाल गुप्ता, वडा ३ का वडाध्यक्ष श्यामाकान्त यादव, मेयरका प्रत्यासीद्वय नसरूदिन अन्सारी, योगेन्द्र साह, पूर्व वडाध्यक्ष उमेश यादव, समाजसेवी जवाहर प्रसाद यादव, वडा अध्यक्षका प्रत्यासी सुखलप्रसाद यादवसहित राजनीतिकर्मी, जनप्रतिनिधि, व्यापारी, स्थानीयको सहभागीता रहेको थियो ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया