महोत्तरी । औरही नगरपालिकाले नगरका अतिबिपन्नलाई जाडोबाट बच्न न्यानो सिरक वितरण गरेको छ । नगरपालिकाकाले सोमवार एक कार्यक्रमका बीच वडा १ देखि ९ सम्मका अतिविपन्नहरु लाई पहिचान गरि न्यानो सिरक वितरण गरेको हो । बढ्दो चिसो तथा शितलहरलाई मध्यनजर गरी विपन्नलाई राहत स्वरुप प्रत्येक वडामा नगरपालिकाबाट कर्मचारी खटाई अतिबिपन्नहरु लाई पहिचान गरि डाटा संकलन गरी एक हजार थान फाईबरको सिरक वितरण गरेको हो ।
औरही नगरपालिकाको नगरप्रमुख प्रदिप कुमार खड्काका अनुसार नगरमा रहेका अतिबिपन्नहरुका लागि १ हजार थान फाईबरको सिरक आजबाट निष्पक्ष रुपले वितरण गर्ने कार्य शुभ आराभ्म भएको जानकारी दिए। नगरप्रमुख खड्काले विपतबाट बच्नको लागि गरिब अतिबिपन्न परिवारलाई सिरक वितरण गर्ने अभियान संचालन गरिएको हो ।
कार्यक्रममा औरही नगरपालिका कार्यालयका जिन्सी शाखा प्रमुख लक्ष्मण तामाङ, प्राबिधिक शाखाका मनिष यादव, रोजगार संयोजक बिबेक चौधरी, रोजगार सह-संयोजक पिन्टु यादव लगायत जनप्रतिनिधि तथा वडाका सचिवहरुको उपस्थिति रहेको थियो ।
महाेत्तरी
प्रतिक्रिया