१७ वर्षपछि पुनः स्थापना गरियो राजा वीरेन्द्रको शालिक

काठमाडौं । पोखरामा गए राति राजा वीरेन्द्र वीर विक्रम शाहको शालिक पुनः स्थापना गरिएको छ । पोखरा महानगरपालिका-१० वीरेन्द्र चोकमा गए राती २ बजे राजा वीरेन्द्रको शालिक राखिएको हो । उक्त ठाउँ वडा नम्बर १०, १४ र १५ को संगम स्थल पर्छ ।

वडा प्रहरी कार्यालय राम बजारका अनुसार २ युवाले गए राती उक्त ठाउँमा सालिक राखेका हुन् । उक्त ठाउँमा २०६२-६३ अघि राजा वीरेन्द्रको शालिक थियो । करिब २५ लाख खर्चेर राजा वीरेन्द्रको ८ फिट अग्लो शालिक निर्माण गरिएको बताइएको छ ।

प्रतिक्रिया