सिन्धुलीमा मोटरसाइकललाई ठक्कर दिने यात्रु बस जलाइयो

काठमाडौं । सिन्धुलीको सुनकोशी गाउँपालिका-३ बोहोरेटारमा मोटरसाइकललाई ठक्कर दिएको यात्रु बसमा स्थानीयबासीले आगजनी गरेका छन् । रामेछापको मन्थलीबाट काठमाडौं आइरहेको बागमती प्रदेश-०१-००६ ख ४५९३ नम्बरको अरनिको यातायातको बसको ठक्करबाट मोटरसाइकलमा सवार दुईजनाको ज्यान गएपछि आगजनी गरिएको हो ।

आगजनीपछि बस पूरै जलेको छ । घटनाका कारण अहिले बीपी राजमार्गको यातायात पनि प्रभावित भएको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एवम् एसपी राजकुमार सिलवालले बसको ठक्करबाट खोटाङका दुई जनाको मृत्यु भएको जानकारी दिए ।

मृत्यु हुनेमा बा ६० प ३५४५ नम्बरको मोटरसाइकल चालक खोटाङको हलेसी-तुवाचुङ नगरपालिका २ का २० वर्षीय सुसन राई र खोटाङकै दिक्तेल नगरपालिका-१० घर भएकी १८ वर्षीया मुनाकला राई छन् ।

प्रतिक्रिया