लमजुङमा अवैध जडिबुटीसहित दुई युवक पक्राउ

लमजुङ । जिल्ला प्रहरी कार्यालय लमजुङले अवैध जडिबुटीसहित दुई जना युवकलाई पक्राउ गरेको छ । अवैध जडिबुटी ६ सय ९० किलो सुनगाभा लुकाइछिपाइ ल्याउँदै गरेको अवस्थामा प्रहरीले चेकजाँच गरेपछि सो जडिबुटी फेला परेको थियो ।

प्रहरीका अनुसार ७ शनिबार मस्र्याङ्दी गाउँपालिका– ४ बाट सदरमुकाम बेसीशहरतर्फ आउँदै गरेको जिप सोही पालिका बस्ने ४१ वर्षका जगरबहादुर गुरुङले चलाएको ग १ ज ६६५७ नम्बरको जिपमा उक्त जडिबुटी बरामद गरिएको हो ।

जडिबुटी ओसारपोसार गर्ने कार्यमा संलग्न रही सोही जिपमा सवार रहेका मस्र्याङ्दी गाउँपालिका– ४ बस्ने वर्ष ३९ का श्री प्रसाद लामा र जिप चालक जगरबहादुर गुरुङलाई जडिबुटी र जिपसहित पकाउ गरी अन्नपूर्ण संरक्षण क्षेत्र भुजुङ लमजुङसँग आवश्यक समन्वय गरी निजमाथि थप अनुसन्धन तथा कारवाहीको लागि पोखरास्थित एक्य्पमा पठाइएको जिल्ला प्रहरीले कार्यालय लमजुङले जनाएको छ ।

प्रतिक्रिया