पाँच पर्षीय बालिका बलात्कारकाे आरोपमा ८० वर्षीय वृद्ध पक्राउ

सिरहा । सिरहामा बालिका बलात्कार अभियोगमा एक वृद्ध लाई प्रहरीले पक्राउ गरेका छ्न् । जिल्लाको गोलबजार नगरपालिकाका पाँच पर्षीय बालिका बलात्कार आरोपमा ८० वर्षीय वृद्धालाई प्रहरीले पक्राउ गरेको हो ।

उनले घरका सवै मानिसहरू काम कामका गएका बेला बिहीबार अपरान्ह बालिकालाई ललाइफकाई बलात्कार गरेको प्रहरीले जनाएको छ । बेलुकी अभिावक आएपछिमात्र घटनाबारे जानकारी भएको थियो ।

घटना जानकारी पाए लगतै प्रहरीले वृद्धलाई नियन्त्रणमा लिएर मुद्दा दर्ता गराएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जानकारी दिए। पक्राउ परेका वृद्धलाई आजै जिल्ला अदालत सिरहाबाट म्याद थप गरी आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया