धनगढीमा बन्ने सुविधा सम्पन्न आधुनिक बसपार्ककाे डीपीआर तयार

काठमाडाैं । कैलालीको धनगढीमा आधुनिक एवं सुविधा सम्पन्न बसपार्क निर्माण हुने भएको छ । यसका लागि विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार पारिएको हाे ।

नगर विकास कोष र धनगढी उपमहानगरपालिकाको वित्तीय लगानीमा आधुनिक बसपार्क निर्माण हुने धनगढी उपमहानगरका मेयर गाेपाल हमालले जानकारी दिएका छन् ।

धनगढी उपमहानगरपालिका–३ मा प्रस्तावित बसपार्क निर्माणका लागि हालै मात्र डीपीआर निर्माणको काम पूरा भएको उपमहानगरपालिको जनाएको छ ।

प्रतिक्रिया