रौतहट । ईलाका प्रहरी कार्यालय कटहरियाको नयाँ प्रहरी प्रमुखमा अरूणकुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ति सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लागेका हुन् ।
सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो । उनले प्रहरी चेकिङलाई कडा बनाएका छन् । प्रहरीको सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् ।
उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिष्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।
यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदारलाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत बताए । साथै सिंहले कार्यभार सम्हाल्ने वितिक्कै तस्करहरूमा हडकम्प नै चलेको छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्ने बताए । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हो । पछिल्लो समय कटहरियामा चोरीको घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्नेतर्फ लाग्ने उनले बताए ।
मधेश ब्युराे प्रमुख
प्रतिक्रिया