उद्योग वाणिज्य संघ अछामका अध्यक्ष महेन्द्र कडायतको निधन

अछाम । अछाम उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्र कडायतको हृदयाघातका कारण निधन भएको छ ।
बुधबार साँझ उनलाई हृदयाघात भएपछि बयालपाटा अस्पताल पुर्‍याउने बित्तिकै अस्पतालले मृत घोषणा गरेको हो । लामो समयसम्म उद्योग वाणिज्य संघको कार्ववाहक अध्यक्षको जिम्मेवारीमा रहेका कडायत २०७८ वैशाख १८ गते निर्विरोध अध्यक्ष भएका थिए । साँफेबगर नगरपालिका ८ का कडायत लामो समयदेखि साँफेबगरमा रहेर व्यापार व्यवसाय गरिरहेका थिए ।

प्रतिक्रिया