मुगु । शिक्षा आर्जन गर्नको लागि दैनिक किताबका अक्षर मात्र नपढेर अन्य बाहिरी सामाजिक, धार्मिक, आर्थिक कार्टुन, टिभि, रेडियो, हेरेर, देखेर, सुनेर, प्रयोग गरेर शिक्षा लिन सकिन्छ भन्ने उदाहरण मुगुको छायाँनाथ रारा नगरपालिकामा रहेको एक माध्यामिक विद्यालयमा खेलको माध्यमबाट विद्यार्थीहरुले लिइरहेको शिक्षाबाट प्रष्ट हुन्छ ।
कर्णाली माध्यामिक विद्यालय टोप्लामा अध्ययनरत बालबालिहरुलाई डेनमार्कमा अध्यानरत त्यहाँका विद्यार्थीहरुले खेलका माध्यामबाट शिक्षा लिन सकुन् भनेर पठाएका खेल सामग्रीहरु प्रयोग गरेर खेलको माध्यामबाट शिक्षा लिई रहेका छन । डेनमार्कका विद्यार्थी साथीहरुले खेल सामग्री निर्माण गरी यहाँ खेलका माध्यमबाट शिक्षा आर्जन गर्नको लागि पठाइएका २ दर्जनभन्दा बढी खेल सामग्रीहरुबाट धेरै खेल सिसिकेको कक्षा ८ मा अध्ययनतर छात्रा पवित्रा बिष्टले बताइन् ।
‘हामीले धेरै सिकिसकेका छौँ, ईस्कल, हल्ली चल्ली, क्यास माईफिस, लुडोजस्ता खेलहरुका नियम, खेल सामग्री निर्माण गर्ने तरीका सिकेर खेलको माध्यामबाट ज्ञान लिएका छौँ’, उनले भनिन्, ‘हामीहरुले पनि स्थानीय स्रोत साधनबाट विभिन्न खेलहरुका सामग्रीहरु बनाएका छौँ ।’ बनाएका सामानहरु डेनमार्कका विद्यालयमा अध्यानरत साथीहरुलाई पठाउर्ने तयारीमा रहेको छात्रा पवित्राले बताइन् ।
खाली किताब पढेर ज्ञान लिनुभन्दा पनि खेलको माध्यमबाट शिक्षा आजर्न गर्नको लागि डेनमार्कमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेर पठाएको धेरै खेलहरु छन । कुनै खेल नाम सुनेका कुनै नाम नसुनेका, नयाँ–नयाँ खेल सामग्रीहरु आएका छन । हिजोआज विद्यार्थीहरुले खेलहरुको नियम, खेल खेल्ने तरिका सिकेका छन । खेलको माध्यमबाट धेरै ज्ञान लिएका छन ।
डेनमार्कबाट पठाएका खेलको फलो गर्दै मुगुमा पाइने स्थानीय सामग्रीहरुबाट पनि खेल सामाग्रीहरु निर्माण गरिरहेका छन । उक्त विद्यालयमा अध्ययनरत विद्यार्थीहरुले निर्माण गरेका खेल सामग्रीहरु डेनमार्क पठाउने तयारीमा रहेको खेल शिक्षिक सूर्यकुमारी शाही बताउँछिन् ।
डेनमार्कमा रहेको डेनमार्क स्कुल लाईफ नामक संस्था र मुगुमा रहेको सिडीएस पार्क नामक संस्थाहरुको समन्वय तथा सहकार्यमा डेनमार्कका विद्यार्थीले उत्पादन गरेका खेल सामग्री खेलहरु मुगु पठाउने र मुगुका विद्यार्थीहरुले बनाएका खेल र सामग्रीहरु डेनमार्कमा अध्ययनरत विद्यार्थीहरुलाई पठाउने काम गरिरहेका छन् ।
विद्यार्थीहरुले विश्व परिवेश बुझोस्, रचनात्मक सोच बनाओस्, मानसिक, शारिरिक तन्दुरुस्ती होस्, नयाँ–नयाँ कुराको उत्पादन गर्न, कुलतबाट बच्न सकोस् र विश्वका सबै मानवहरुबीच भाइचाराको सम्बन्ध बनाउन खेल र शिक्षाका माध्यमबाट सफल होस् भन्ने उदेश्यले ‘खेल नै संसार’ भन्ने नाराका साथ नेपालकै दुर्गम जिल्ला मुगु र डेनमार्कका विद्यार्थीबीच खेल आदानप्रदान भइरहेको सिडीएस पार्क मुगुका कायकारी निर्देशक अज बहादुर शाहीले जानकारी दिए ।
खेल मात्र नभइ खेलका माध्यमबाट दुवै देशका विद्यार्थीबीच मितेरी सम्बन्ध कायम भइ भविष्यमा ती सम्बन्ध प्रगाढ भइ सुख–दुःखका सारथी भएको देख्ने सपना सिडिएस पार्कले देखेको पनि निर्देशक शाहीले सुनाए । अहिले समाज कल्याण परिषद्मा खेल नै संसार परियोजना स्वीकृतका लागि प्रक्रियामा रहेको र कर्णाली माध्यामिक विद्यालय टोप्लाका विद्यार्थीहरुको नतिजापछि अन्य विद्यालयमा यो कार्यक्रम विस्तार गर्ने योजना बनाएको पनि निर्देशक शाहीले जानकारी दिए ।
मुगु
प्रतिक्रिया