चिरान काठ लाेड भएकाे ट्याक्टरसहित एक जना पक्राउ

मधेस । पाैराई सब डिभिजन वन कार्यालय राैतहटले चिरान काठ लाेड गरिएकाे ट्याक्टरसहित एक जनालाई पक्राउ गरेकाे छ । बुधबार बिहान ९:३० बजेकाे समयमा चन्द्रपुर-६ बेताैनास्थित कार्यालयले ना ५ त ५६३४ नम्बरकाे ट्रयाक्टरमा ल्याउँदै गरेकाे अवैध चिरान काठसहित एक जनालाई पक्राउ गरेकाे हाे ।

पक्राउ पर्नेमा जिल्लाकाे चन्द्रपुर नगरपालिका वडा नम्बर ५ बस्ने श्याम पौडेल पक्राउ परेकाे पाैराहि सब डिभिजन वन कार्यालयका वन अधिकृत सुरेश कुमार महताेले जानकारी दिए । उनका अनुसार कार्यालयले २४ थान अर्थात २१ क्यूविक साल जातकाे चिरान काठ बरामद भएकाे छ ।

हिलेखाेला हुँदै काठ ल्याउँदै गरेकाे विशेष सुराकीकाे आधारमा पाैडेललाई काठ र ट्याक्टर सहित अधिकृत महताेकै नेतृत्वमा गएको टाेलीले पक्राउ गर्न सफल भएकाे बताए । ट्याक्टरसहितकाे काठ र एक जनालाई आवश्यक कार्यवाहीकाे लागि डिभिजन वन कार्यालय राैतहटमा पेश गरिएको उनले बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया