सिराहा । धनगढीमाई नगरपालिकाले डिभिजन वन कार्यालय लहानले अनुसन्धानको लागि नियन्त्रणमा लिएको चालकसहित सवारी साधनहरु तत्काल नगरपालिकालाई बुझाउन अनुरोध गरेको छ ।सिराहाको धनगढीमाई नगरपालिकाको सर्रे खोलाबाट
नियन्त्रणमा लिएको चालकसहित एक थान जेसीभी र सात थान ट्याक्टरअभिलम्ब धनगढीमाई नगरपालिकाको जिम्मा लगाउन बुधबार विज्ञप्ती मार्फत अनुरोध गरेको हो ।
नगर प्रमुख शिवशंकर महतोले जारी गरेमो प्रेस विज्ञप्तप्मा पालिकाको वडा नम्वर १२ र १३ मा पर्ने सर्रे खोला विधि प्रकृया अपनाई सम्झौतामा उल्लेखित शर्तको अधिनमा रहेर नदिजन्य पदार्थ उत्खनन् गर्ने कार्यको लागि बरुण कन्सट्रक्सनलाई चलन पूर्जी दिएको उल्लेख गरिएको छ ।
सम्झौता विपरित नदिजन्य पदार्थ उत्खनन् गरेको भए कानुनी कारवाही गर्ने अधिकार पालिकामा निहित रहेको भन्दै डिभिजन वन कार्यालयले नियन्त्रणमा लिएको बरुण कन्सट्रक्सनको ट्याक्टर र जेसीभी अभिलम्ब धनगढीमाई नगरपालिकालाई जिम्मा लगाउन विज्ञप्तीमार्फत अनुरोध गरेको छ ।
सम्झौता विपरित नदिजन्य पदार्थको उत्खनन् गरेमा सो उपर कारवाही गर्ने अधिकार समेत यस पालिकामा निहित रहेको हुँदा डिभिजन वन कार्यालय लहाले अवैध ढुङ्गा, गिट्टी, बालुवा उत्खनन् अभियोगको अनुसन्धानको क्रममा नियन्त्रणमा लिएको चालकसहित सवारी साधान पालिकाको जिम्मा लगाउन अनुरोध गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।
सम्झौताबाट सृजितहुने सम्पूर्ण कानुनी परिणामको जवाफदेहीता पूर्ण रुपमा नगरपालिकाको रहेको हुँदा अनुसन्धानको नाममा डिभिजन वन कार्यालय लहानले बदनियत पूर्वक सम्झौतामा हस्ताक्षर गरेको प्रमुख प्रशासकीय अधिकृत लगायतका कर्मचारीहरु उपर गरेको अमर्यादित व्यवहार तत्काल स्थागित गरी नगर प्रमुखसँग समन्वय एवम् पूर्व जानकारी दिएर मात्र नगरपालिका भित्र कुनै पनि गतिविधि गर्न विज्ञप्तीमा उल्लेख गरिएको छ ।
विज्ञप्तीमा नेपालको संविधान २०७२ को अनुसूची ९ स्थानीय सरकार सञ्चालन एने, २०७४ ले दिएको अधिकार र ‘धनगढीमाई नगरपालिकाको संक्षिप्त वातावरणीय अध्ययन तथा प्रारम्भिक वातावरणीय कार्यविधि, २०७७’ आधारमा उत्खनन् कार्यको ठेक्का लगाईको उल्लेख गरिएको छ । डिभिजन वन कार्यालय लहानले अवैधरुपमा गिट्टी, बालुवा निकालिरहेको अवस्थामा धनगढीमाई १२ सर्रेखोलाबाट यहि मंसिर १५ गते एक थान डोजर र छ वटा ट्याक्टर नियन्त्रणमा लिएको बताइएको छ ।
प्रतिक्रिया