आठबिसकोटका ३ हजार ३ सय भूकम्प पीडितले पाए पहिलो किस्ता, १५ सय अस्थायी आवास निर्माण

आठबिसकोट । रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता स्वरुपको रकम लाभग्राहीको खातामा पठाइएको छ । नगरपालिकाभर साढे ९ हजार लाभग्राही यकिन भएकोमा हालसम्म तीन हजारभन्दा बढीको बैंक खातामा पैसा पठाइएको नगरपालिकाले जनाएको छ ।

आठबिसकोट नगरपालिकामा आवश्यक प्रक्रिया पुर्याएका ३ हजार ३ सय २३ जना भूकम्प प्रभावितहरुको खातामा पहिलो किस्ताबापत २५ हजार रकम पठाइएको नगरप्रमुख रवि केसीले बताए । केसीका अनुसार, बाँकी रहेका लाभग्राहीको खातामा रकम पठाउने काम जारी छ ।

उनका अनुसार नगरपालिकाभर हालसम्म १५ सय ४० वटा अस्थायी आवास निर्माण भएका छन् । विभिन्न राजनैतिक दल, समाजसेवी, सुरक्षाकर्मी, सञ्चारकर्मीलगायतले उक्त संरचना निर्माण गरेर घरधनिलाई बुझाइएको छ । भूकम्प पीडितलाई चिसोका कारण थप सकस भएको केसीको भनाई छ ।

जाजरकोट भूकम्पबाट सबैभन्दा बढी आठबिसकोट नगरपालिकामा क्षति भएको छ । अझै पालिकामा पाँच हजारभन्दा बढी घरपरिवार पालमुनि बस्दै आएका छन् ।

अर्जुन बिष्ट

रुकुम पश्चिम

प्रतिक्रिया