बारा । बाराको सिम्रौनगढ नगरपालिकामा प्रहरीको गोली लागेर एक जनाको घटनास्थलमै मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छ्न् । मृत्यु हुनेमा सिम्रौनगढ नगसगरा घाट– १ निवासी लक्ष्मी मुखिया बिन रहेका छन् ।
उक्त घटनामा घाइते एक जनाको घुडामा गोली लागेको र उनको उपचार नारायणी क्षेत्रीय अस्पताल वीरगञ्जमा भइरहेको छ ।
उनको अवस्था चिन्ताजनक रहेको बताइएको छ । नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत महेश कुमार मिश्रलाई हाजिर गराउनलाई नगरप्रमुख किशोरी प्रसाद कलाकारले पहल गरिरहँदा बहिर आन्दोलन गर्ने कर्मचारी र जनप्रतिनिधिहरूले अधिकृत चढेको बा २ झ ४३५४ नम्बरको गाडी तोडफोड गर्न थालेपछि स्थिती नियन्त्रण गर्न प्रहरीले १४ राउन्ड अश्रुग्यास र रबरको गोली चलाएको बाराका प्रहरी प्रमुख सुरेशप्रसाद काफ्लेले बताए ।
झडपमा प्रहरीतर्फ १४ जना समान्य घाइते भइको र आन्दोलनकारीतिर पनि केही घाइते भएका छन् । कति जना घाइते छ्न् भएउनेबारे यकिन अहिले हुन नसकेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया