स्वास्थ्य तथा पुनःस्थापना सेवाका लागि घुम्ती शिविर

वीरगञ्ज । स्वास्थ्य तथा पुनःस्थापना सेवाका लागि घुम्ती शिविर वीरगञ्जमा सम्पन भएको छ । वीरगञ्ज महानगरपालिका–१३ आदर्शनगरस्थित रिलिफ सोसाइटी अफ कमर्सको कार्यालयमा घुम्ती शिविर सञ्चालन भएको हो । पोखरिया अस्पतालको सहयोगमा तथा विकलांग मित्र समूह÷अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र एवं रिलिफ सोसाइटी अफ कमर्सको आयोजनामा स्वास्थ्य तथा पुनःस्थापना सेवाका लागि घुम्ती शिविरको आयोजना गरिएको थियो ।

अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्रका डा.रुद्र सापकोटा, डा.राजेन्द्र योंगजन लगायतका डाक्टरहरूले स्वास्थ्य तथा पुनःस्थापना सेवाका लागि घुम्ती शिविरमा १८ वर्ष मुनिका बालबालिका हिँडडुल गर्न नसकिने, खुट्टा बांगोे भएको, हात बांगोे भएको अपांग देखिनेजस्ता लक्षणहरू भएका बालबालिकालाई चेकजाँच गरेका थिए ।

उक्त चेकजाँचमा ९० जना बालबालिकालाई चेकजाँच गरिएको थियो त्यस मध्ये १० जना बालबालिकालाई निःशुल्क अप्रेसन गर्नको लागि अपांग बाल अस्पताल तथा पुनःस्थापना केन्द्र बोलाइएको छ भने नौ जना बालबालिकालाई चाहिने साइज सामग्री दिने बताए । १४ जना कतै अस्पताल चेकजाँच गराउन नगएको पाइएको थियो भने चाहिने औषधि लगायतका सबै सामग्रीहरू निःशुल्क वितरण गरिएको डा.सापकोटाले जानकारी दिए ।

प्रतिक्रिया