मधेस प्रदेशलाई खेलकुदको केन्द्र बनाउँछौँ : मन्त्री साह

धनुषा । शिक्षालाई खेलकुदसँग जोडेर प्रदेशलाई खेलकुदको केन्द्र बनाउने मधेस प्रदेशकी खेलकुद तथा समाज कल्याणमन्त्री सुरिता साहले बताएकी छन् । मंगलबार एनप्याब्सन धनुषाको आयोजनामा जनकपुरधाममा सुरु भएको अन्तरविद्यालय रनिङ सिल्ड टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन गर्दै मन्त्री साहले विद्यालयमा पठनपाठनसँगै खेलकुदको विकास भएको खण्डमा विद्यार्थीहरूको शारीरिक तथा मानसिक विकासमा ठूलो मद्दत पुग्ने बताइन् । प्रदेश सरकारले खेलकुदसम्बन्धी विधेयक चाँडै ल्याई खेलकुद विकास समिति निर्माण गरी त्यसमार्फत सम्पूर्ण खेलको व्यवस्थित विकास गरिने मन्त्री साहले बताइन् ।

एनप्याब्सन धनुषाका अध्यक्ष आशिष झाको अध्यक्षतामा भएको कार्यक्रममा एनप्याब्सनका केन्द्रीय अध्यक्ष पाण्डव हमाल, नेपाल क्रिकेट संघका उपाध्यक्ष रोशन सिंह सहितका वक्ताले बोलेका थिए । प्रतियोगितामा १२ वटा विद्यालयका कक्षा १० सम्मका १२ वटा क्रिकेट टिम सहभागी छन् । नकआउटको आधारमा खेलाइने प्रतियोगिता पुस ७ गतेसम्म चल्नेछ ।

प्रतिक्रिया