स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि घुम्ती शिविर वीरगञ्जमा सम्पन

वीरगञ्ज । स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि घुम्ती शिविर वीरगंञ्मा सम्पन भएको छ । वीरगञ्ज महानगरपालिका– १३ आदर्शनगरस्थित रिलिफ सोसाइटी अफ कमर्सको कार्यालयमा घुम्ती शिविर सञ्चालन भएको हो ।

पोखरिया अस्पतालको सहयोगमा तथा विकलांग मित्र समूह–अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र एंव रिलिफ सोसाइटी अफ कमर्सको आयोजनामा स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि घुम्ती शिविरको आयोजना गरिएको थियो ।

अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्रका डा रुद्र सापकोटा, डा राजेन्द्र योंगजनलगायतका डाक्टरहरुले
स्वास्थ्य तथा पुनःस्थापन सेवाको लागि घुम्ती शिविरमा १८ वर्ष मुनिका बालबालिका हिँडडुल गर्न नसकिने, खुट्टा बांगो भएको, हात बांगो भएको अपांग देखिने जस्ता लक्षणहरू भएका बालबालिकालाई चेक जाँच गरेका थिए।

उक्त चेक जाँचमा ९० जना बालबालिकालाई चेक जाँच गरिएको थियो त्यसमध्ये १० जना बालबालिकालाई निःशुल्क अप्रेशन गर्नको लागि अपांग बाल अस्पताल तथा पुनःस्थापन केन्द्र बोलाइएको छ भने ९ जना बालबालिकालाई चाहिने साइज सामग्री दिने बताइएको छ । १४ जना कतै अस्पताल चेक जाँच गराउन नगएको पाइएको थियो भने चाहिने औषधिलगायतका सबै सामग्रीहरु निःशुल्करुपमै वितरण गरिएको डा रुद्र सापकोटा ले जानकारी दिए ।

प्रतिक्रिया