मेयर जयसवालद्वारा क्रिकेट खेलाडीलाई खेल सामग्री हस्तान्तरण

रौतहट । रौतहटको गरूडा नगरपालिकाका नगरप्रमुख कन्थमनी जयसवालले क्रिकेट सामग्री हस्तान्तरण गरेका छन् । उनले सो नगरपालिका– ६ पोठियाहीका युवा क्रिकेट टिमलाई आज क्रिकेट सामग्री प्रदान गरेका हुन् ।

युवा खेलाडिहरुको मनोबल बढाउन प्रत्येक वर्ष मेयर कपको आयोजना गर्दै आएका नगरप्रमुख जसवालले प्रोत्साहन गर्न क्रिकेट सामान दिएको बताए । क्रिकेट खेलको माध्यमले आगामी दिनमा गरूडा नगरपालिकाको नाम उचाइमा लैजाउन् भन्ने अपेक्षाका साथ उक्त सामग्रीहरू नगरपालिकाबाट दिएको उनले बताए ।

खेलकुद सामग्री हस्तान्तरण गर्दै नगरप्रमुख जयसवालले खेलाडीलाई गरेको सानो सहयोगले कुनै खेलाडी राष्ट्रको नाम राख्न सफल हुने विश्वास व्यक्त गरे।

सो अवसरमा गरूडा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मो. मुस्ताक आलमसहित क्रिकेट खेलाडीहरूको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया