जिल्ला सहकारी संघ अर्घाखाँचीको ११औँ साधारण सभा सम्पन्न

अर्घाखाँची । जिल्ला सहकारी संघ लिमिटेड अर्घाखाँचीको ११औँ साधारण सभा सन्धिखर्कमा सम्पन्न भएको छ । साधारण सभाको उद्घाटन गर्दे जिल्ला समन्वय प्रमुख जिवनारायण कोईरालाले सहकारीले आर्थिक, समाजिक, सांस्कृतिक विकासमा खेलेको भूमिका निकै महत्वपूर्ण भएको भन्दै सबैले सहकारीका मूल्य मान्यता र सिद्धान्तलाई आत्मसाथ गरी अगाडि बढ्नुपर्ने बताए ।

जिल्ला समन्वय प्रमुख कोईराला भने, ‘सहकारी कर्म आफैमा पवित्र कर्म हो, सहकारीका एक थर सदस्यका कारण सहकारीलाई बदनाम गराउन खोजेका छन्, ऋण लिन र नेता बन्न मात्र सहकारीमा आवद्ध हुन खोज्ने प्रवृत्तिको अन्त्य गर्नुपछ, सबै सरोकारवाला पक्षले यसमा विशेष ध्यान दिनुपर्ने बेला आएको छ, अर्घाखाँची जिल्लामा पनि पछिल्लो समय सहकारीका विभिन्न समस्याहरु आएका छन्, सबैलाई सहकारी कर्ममा स्वच्छ, स्वस्थ र सामाजिक उतरदायित्व गर्न आवश्यक छ ।’

साधारण सभाका विशेष अथिति एवं सन्धिखर्क नगरपालिकाकी उपप्रमुख मिश्रा आचार्यले सामूहिक भावनाका साथ सञ्चालन तथा स्थापना भएका सहकारीहरुले विधीमा सहकारी संस्थाहरु सञ्चालन गर्नुपर्ने बताइन् । उप्रमुख आचार्यले भनिन्, ‘सहकारीलाई अभियानकै रुपमा अगाडि बढाउनु पर्छ, सहकारी संस्थाहरुको संस्थागत विकास, थप ज्ञान सिपको विकास गर्न जरुरी छ ।’

साधारण सभामा जिल्ला सहकारी संघ अर्घाखाँचीका अध्यक्ष प्रकाश भुसाले वार्षिक प्रतिवेदन पेश गर्दै जिल्ला सहकारीले एक वर्षमा गरको काम र आगामी कार्ययोजनाहरु प्रस्तुत गरेका थिए । जिल्ला सहकारी संघका अध्यक्ष भुसालले आगामी दिनमा सहकारी शिक्षा ज्ञान सिप र अनुभवलाई विकास गर्न विभिन्न चरणका कार्यक्रमहरु अगाडि बढाउनुपर्ने बताए ।

अध्यक्ष भुसाल भने, ‘बिगतमा प्रयास गर्दा गर्दै पनि केही कामहरु गर्न सकेका छैनौँ, सबैको सहकार्यमा अब धेरै कामहरु गर्छौँ, यो वर्ष धेरै सहकारी कर्मीहरुलाई विभिन्न तालिममा सहभागी बनाउन सफल भएका छौँ, तालिम परिणाममुखी भएका छन्, अब कार्यालय ब्यवस्थापन गरी सरोकारवालासँग विभिन्न चरणका कार्यक्रम गर्ने योजना छ, सहकारीका सम्भव हुने कार्यहरु एउटै प्रकृतीका बनाउने नीति र कार्यविधिहरु निर्माण गर्ने गरी अगाडि बढ्ने छौँ ।’

साधारण सभामा ऋण तथा बचत संघका प्रदेश सदस्य रुद्र श्रेष्ठ, जिल्ला ऋण तथा बचत संघका अध्यक्ष दोर्ण प्रसाद भुसाल, जिल्ला कृषि सहकारी संघका अध्यक्ष लक्ष्मण कँडेल, नेपाल पत्रकार महासंघका जिल्ला सहसचिव हृदय भुसालले साधारण सभा सफलताको शुभकामना मन्तब्य व्यतm गरेका थिए ।

कार्यक्रम जिल्ला सहकारी संघका अध्यक्ष प्रकाश भुसालको अध्यक्षता, रामजी मरासिनीको लेखापरिक्षण प्रतिवेदन, उपाध्यक्ष जानका बन्जाडेको सञ्चालन र सचिव घनश्याम पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो । साधारण सभामा जिल्लाभरको विभिन्न सहकारी संस्थाका अध्यक्ष तथा सञ्चालक, व्यवस्थापक तथा कर्मचारीहरुको उल्लेखनिय उपस्थिीती रहेको थियो ।

प्रतिक्रिया