सिरहा । ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस सिरहामा विविध कार्यक्रम गरी मनाइएको छ । सो दिवसको अवसरमा नेपाल मानव अधिकार संगठन सिरहाले लहान अस्पतालका बिरामीहरुलाई फलफूल वितरण गरी दिवस मनाएका छ्न् ।
संगठनले रा उ स्मारक प्रदेशिक अस्पतालका करिव ४० जना बिरामीहरुलाई फलफूल वितरण गरी मनाएका हुन् । यस्तो कार्यक्रमले बिरामीहरुको अवस्था पनि बुझ्ने र अस्पतालबाट उपलब्ध सुविधाबारे पनि बुझ्ने तथा पोषिला पदार्थ पनि प्रदान गर्ने उद्देश्यले यसको थालनी गरेको नेपाल मानव अधिकार संगठनका राजकुमार राउतले बताए ।
कार्यक्रममा ईलाका प्रशासन लहानका प्रमुख, सशस्त्र प्रहरी लहानका प्रमुख, अस्पताल प्रशासन प्रमुख शत्रुधन मण्डल, मानव अधिकार संगठन सिरहाका अध्यक्ष बिमल ठाकुर, संगठनका केन्द्रिय सदस्य राजकुमार राउत, जिल्ला उपाध्यक्ष बेचन पण्डित, जिल्ला सदस्य सुरेन्द्र महतो, जिल्ला सल्लाहकार डा शिवनन्दन प्रसाद, नगर अध्यक्ष विजय महतोलगायतको उपस्थिति रहेको थियो ।
‘भविष्यमा मानव अधिकार संस्कृतिलाई एकीकृत र दिगो बनाउँदै लैजाओँ’ भन्ने नारासहित प्रत्येक वर्ष झैँ यस वर्ष डिसेम्बर १० तारिखका दिन विभिन्न संघ संगठनले ७५औँ अन्तर्राष्ट्रिय मानव अधिकार दिवस देशैभरी विविध कार्यक्रम गरी मनाएका छन् ।
प्रतिक्रिया