कालिकोटमा ५ स्थानीय तहका १६ महिलालाई ३ दिने स्वच्छता तालिम

हस्त चौलागाँई

कालिकोट । स्वच्छता शिक्षा कक्षा सहजकर्ताको लागी कालिकोटमा तालिम सुरु भएको छ । कालिकोट जिल्लाका ५ वटा स्थानीय तहका १६ जना महिलाहरुलाई ३ दिने तालिमको आयोजना गरिएको हो । जिल्लाको शुभकालिका गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका, नरहरीनाथ गाउँपालिका, रास्कोट नगरपालिका, खाँडाचक्र नगरपालिकाका १६ जना महिलाहरुलाई स्वच्छता शिक्षा कक्षा संचालनका लागि तालिम दिन लागिएको हो ।

हेल्भेटास नेपालको आर्थिक सहयोग, मानव अधिकार तथा वातावरण विकास केन्द्र हुरेन्डेक नेपाल कालिकोटद्धारा संचालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमको सहजिकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रमको उद्येश्यमाथी प्रष्ट पार्दै वास अफिसर चन्द्रप्रकाश केसीले भने, ‘हाम्रो शरीरलाइ दैनिकरुपमा चाहिने खानेपानी कसरी स्वच्छ पार्ने, स्वच्छ समुदाय बनाउन सबैको भुमिका के कस्तो रहन्छ ? भन्ने उद्येश्यले कार्यक्रमको आयोजना गरिएको हो ?’

केसीले समुदायमा रहेका परम्परागत अभ्यासका कारण मानव स्वाथ्यमा प्रत्यक्षरुपमा हानि पुर्याउने तत्वलाई रोकथाम गदै सरसफाई र स्वच्छताको क्षेत्रमा कसरी अगाडी बड्न सकिन्छ भन्ने उद्येश्यले महिलाहरुलाई तालिम दिएको बताएका छन् ।
मानव अधिकार तथा वातावरण विकास केन्द्र कालिकोटकी कोषाध्यक्ष गौरीकुमारी शाहीले सहभागी सम्पूर्णलाई शुभकामना मन्तब्य दिंदै सरसफाईका क्षेत्रमा पर्ने हरेक क्रियाकलपाहरुमा सबै जना पोख्त भएर लाग्नु पर्ने बताईन् ।

उनले भनिन्, ‘सरसफाई र स्वच्छताका विषयमा प्राय सवैजना जानकार हुनुहुन्छ । हरेक किसीमका ज्ञान, सीपहरु हासिल गर्न यस्ता खाले तालिमहरु लिनुपर्छ ।’

सामाजिक सुरक्षा अधिकृत तथा तालिमका प्रशिक्षक पूर्णिमा रानाले स्वच्छता शिक्षा कक्षाका सहजकर्ताहरुले सरसफाईका लागि सरकारले लिएको लक्ष्य पुरा गर्नमा मदत पुग्ने बताईन् । तालिममा सहभागी महिलाहरुले सिकेका कुराहरु गाउँघरमा लागु गरेमा ठुलो उपलब्धी हुने उनको भनाई छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाले तालिममा सहभागी महिलाहरुले खानेपानी तथा सरसफाई, स्वच्छताका विषयमा तालिम लिए पश्चात समुदायमा यस विषयभित्र रही नागरिहरुलाई सरसफाई तथा स्वच्छताका विषयमा ज्ञान बाड्न अनुरोध गरे । बुढाले मानिसको जिवनमा सरसफाई तथा स्वच्छता भएन भने विभिन्न रोग लाग्नुको साथै अकालमा ज्यान समेत गुमाउनु पर्ने हुन सक्े बताइन् । खानेपानी तथा सरसफाई, स्वच्छताका विषयमा ज्ञान सिकेर लागु गर्नुपर्नेमा उनले जोड दिइन् । व्यक्तिगत सरसफाई, घरायसी सरसफाई, समुदाय स्तरीय सरसफाई लगायत सबै क्षेत्रमा सरसफाई गर्नका लागि आफैंबाट लागु गर्नुपर्ने बुढाको भनाई छ ।

मानव अधिकार तथा वातावरण विकास केन्द्र (हुरेन्डेक) नेपाल कालिकोटका उपाध्यक्ष विरेन्द्रबहादुर बुढाको अध्यक्षता, सामाजिक सुरक्षा अधिकृत पुर्णिमा रानाको प्रमुख आथित्यता तथा हुरेन्डेक नेपाल कालिकोटका कोषाध्यक्ष गौरी कुमारी शाहीको विशेष आथित्यतामा कार्यक्रम भएको हो । कार्यक्रममा फिल्ड संयोजक (सामाजिक) नरेश दर्जी , फिल्ड संयोजक (प्राविधीक) राजेन्द्रबहादुर शाही, लेखा अधिकृत करुणा चौधरी, जिल्लास्थित पत्रकार लगायतका नागरीकहरुको उपस्थिति रहेको थियो ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया