बैतडीका दुई विद्यालयको सात दिने संयुक्त शैक्षिक भ्रमण सम्पन्न

बैतडी । बैतडी जिल्लाको पाटन नगरपालिका वडा नं. ३ मा रहेको श्री शिगास माध्यमिक विद्यालय र पाटन नगरपालिकाकै वडा नं. ९ मा रहेको श्री सिद्धेश्वर माध्यमिक विद्यालयको संयुक्त रुपमा गरिएको एक हप्ते शैक्षिक अवलोकन भ्रमण सम्पन्न भएको छ । विद्यालयको वार्षिक शैक्षिक क्यालेण्डर २०८० अनुसार मंसिर १६ देखि २२ गते सम्म रहेको सिकाई आदान–प्रदान एवं क्षमता विकासका लागि ६ वटा प्रदेशका २५ वटा भन्दा बढी जिल्लाहरुको शैक्षिक अवलोकन भ्रमण गरिएको हो । भ्रमणको क्रममा विभिन्न जिल्लामा रहेका पर्यटकीय स्थल, धार्मीक स्थल, औद्योगिक क्षेत्र नमुना विद्यालय लगायतका क्षेत्रहरुको भ्रमण गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रेमसिंह भाटले बताए ।

दुबै विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्ष एकै व्यक्ति रहको हुँदा विद्यालयहरुको वार्षिक शैक्षिक पात्रो निर्माण गर्दा सँगसँगै भ्रमण गर्ने गरेर कार्य योनजा बनाएको, विद्यालय सेवा क्षेत्र पनि सँगसँगै रहेको र सिद्धेश्वर मावि तहगत रुपमा फिडर विद्यालय पनी भएकाले सयुक्त रुपमा भ्रमण गरिएको शिगास माविका प्रधानाध्यापक मानबहादुर चन्दले बताए ।

सिद्धेश्वर माविले हरेक वर्ष शैक्षिक अवलोकन भ्रमण गर्दै आईरहेको र यस वर्ष दुबै विद्यालय मिलेर सयुक्त रुपमा भ्रमण गरेको हुदा अझै रमाईलो भएको सिद्धेश्वर माविका प्रधानाध्यापक गणेशप्रसाद भट्टले बताएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भाटको संयोजकत्वमा रहेको भ्रमण टोलीमा विद्यालयका अभिभावक, शिक्षक र विद्यार्थी गरेर १३० जनाको सहभागिता रहेको थियो ।

दुबै विद्यालयबाट तीनवटा एसि डिलक्स गाडीहरु रिजर्व गरेर लगेको र भ्रमणका क्रममा गोदावरी, घोडाघोडीताल, कर्णाली पुल, कर्णाली नदी, लुम्बिनी, जनकपुर धाम, ईलाम लगायतका क्षेत्रहरु सहित केहि नमुना विद्यालयहरुको अवलोकन गरिएको अध्यक्ष भाटले बताए ।

शिगास माविसँग धेरै घुलमिल नभएको हुँदा दुबै विद्यालयको सयुँक्त रुपमा भ्रमण हुन्छ भन्ने खबर सुन्दा कता कता मनमा पिर परिरहेको तर भ्रमण गर्दा शिगास माविका सबै शिक्षक, विद्यार्थी र अभिभावकहरु सारै मिलनसार, सहयोगी, ईमान्दार रहेकाले झनै रमाईलो भएको सिद्धेश्वर मावि कक्षा १० मा अध्ययनरत छात्रा बर्षा भाटले बताईन । भ्रमणका क्रममा नयाँ नयाँ ठाउँ हेर्न र सिक्न पाएको, भ्रमण सँगसँगै पिकनिकका रुपमा समूहमा खाना आफैँ बनाएर मन परेको खाना खान पाइने भएकाले भ्रमण अझै स्मरणीय र उत्साहजनक रहेको छात्रा बर्षा भाटले बताईन ।

शैक्षिक क्षेत्रमा असल अभ्यासहरु अंगाल्दै आईरहेका दुबै विद्यालयबाट अन्य विद्यालयहरुले पनि केहि असल कार्यहरु सिकेर अगाडी बढन सके पकै पनी बालबालिकाहरुको क्षमता विकासमा टेवा पुग्ने अपेक्षा स्थानीयको छ । भ्रमण टोलीमा रहेका सबै आज शनिवार घर पुगीसकेका छन् ।

प्रतिक्रिया