वीरगञ्ज । पर्सा जिल्लाको विन्ध्यवासिनी गाउँपालिका–४ अमरपट्टीमा विन्ध्यवासिनी जनस्वास्थ्य प्रयोगशालाको एक समारोहका बीच बुधबार उद्घाटन भएको छ । मधेस प्रदेश सरकारको आर्थिक सहयोग एवं स्थानीय तहको समन्वयमा वडा–४ को वडा कार्यालय भवनको भुइँ तल्लामा प्रमुखअतिथि पर्सा क्षेत्र नं. २ का सांसद अजय चौरसियाले रिबन काटेर प्रयोगशालाको उद्घाटन गरेका थिए ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्यसमेत रहेका चौरसियाले प्रदेश सरकारले पर्सा जिल्लाको ग्रामीण क्षेत्रमा सस्तो एवं सुविधा सम्पन्न प्रयोगशाला सुरु गरेकोमा धन्यबादसमेत दिएका थिए । वडाध्यक्ष अनोजकुमार चौरसियाको सभापतित्वमा भएको सो उद्घाटन समारोहमा प्रदेशसभा सदस्य जनार्धन सिंह क्षेत्री, श्याम पटेल, मधेस प्रदेशका पूर्वमन्त्री ओमप्रकाश शर्मा, विन्ध्यवासिनी गाउँपालिकाका अध्यक्ष प्रमोद तिवारी, नेपाली कांग्रेसका उपसभापति एवं पालिकाका बोर्ड सदस्य अशोक गुप्ता, शम्भु चौरसिया, वडा–५ का वडाध्यक्ष मोहन यादव, प्रयोगशालाका प्रमुख उमाकान्त ठाकुर, पालिकाका स्वास्थ्य शाखा प्रमुख नरेश चौहान, अमरपट्टी स्वास्थ्यचौकी प्रमुख पिंकी कुशवाहा लगायत स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो ।
सञ्चालनमा आएको सो ल्याबबाट ५४ प्रकारका परीक्षण हुने जनाइएको छ । गाउँमै ल्याब सञ्चालनमा आएपछि सदरमुकाम वीरगञ्ज लगायतका अन्य सहरहरूमा जानुपर्ने बाध्यता अन्त्य भएकोले स्थानीयवासी खुसी भएको वडा–४ का वडाध्यक्ष अनोज चौरसियाले बताए ।
प्रतिक्रिया